लक डाउन घोषणाको लागि सलाम छ सरकार तर एक छाक टार्न नसक्नेको लागि प्याकेज के ?

लक डाउन घोषणाको लागि सलाम छ सरकार तर एक छाक टार्न नसक्नेको लागि प्याकेज के ?

विवेक शर्मा, रौतहट

कोराना अर्थात कोभिड १९ जुन शब्द अहिले विश्व भरिनै प्रख्यात बनिसकेको छ र आफ्नो प्रभावले पुरै विश्वलाई नै त्रसित बनाएको छ । यो भाइरस चिनको वुहानबाट सुरु भई अहिले विश्वको करिब १९५ देशमा आफ्नो संक्रमण फैलिसकेको छ । जसबाट विश्वभरी आज सम्मको रिपोर्ट अनुसार ४ लाख ३९ हजार ६ सय ५४ मानिसहरुमा संक्रमित भइसकेको पुष्टि भएको छ भने १९ हजार ७४४ जना व्यक्ति यस महामारीबाट मरिसकेका छन् । विश्वभरीबाट यसको प्रकोपबाट १ लाख ११ हजार ९४१ जना व्यक्तिहरु निको भई घर फर्किएका छन् ।

विश्वको स्वास्थ्य तथा आर्थिक क्षेत्रमा ठुलो नाम कमाएका देशहरुले पनि यसको चपेटबाट बच्न सकेका छैनन् । हामीलाई थाहै छ होला विश्वको स्वास्थ्य सेवामा एउटा छुट्टै नाम कमाएका राष्ट्र इटाली जहाको स्वास्थ्य प्रणाली नेपालको भन्दा दशौं गुणा राम्रो मानिन्छ त्यो पनि यसबाट निकै नै दुख पाएका छन् । शुरुको दिनमा यो माहामरीलाई सानो तिनो मानेका त्यति ध्यान नदिएका कारण आज भोली इटाली स्मसान घाट नै बन्न पुगेको छ । यति मात्र होइन विश्व सामु आफुलाई सबै भन्दा शक्तिशाली मान्ने राष्ट्र अमेरीका यसको प्रभावबाट बच्न सफल हुन सकेको छैन् । विश्वकै विकसित सहर मानिने न्युयोर्कमा पनि आज देखि लक डाउनको घोषणा गरेका छन् । अमेरीकामा पनि आजको रिपोर्ट अनुसार ८५४ जना मानिसहरु यसबाट मृत्यु भईसकेका छन् । जुन अहिले कोरोना प्रभावबाट विश्वमा मृत्यु हुने तेस्रो ठुलो राष्ट्र बनेको छ । नेपालमा आजको रिपोर्ट अनुसार ३ जनामा कोरोना पोजिटिभ भएको खुलासा भएको छ ।

यसको प्रभावबाट बाच्नको लागि विभिन्न देशहरु आफ्नो देशहरुमा “लक डाउन” को घोषणा गरेको छ । हाम्रो देशले पनि यो घोषणा गरेको छ । जुन एकदमै सरकारको सराहनिय कार्य समेत रहेको छ । यो कार्यबाट देश भरिबाट नै प्रशंसा पाइरहेको छ तर हाम्रो देशमा “लक डाउन” हुदा हुदै पनि पुर्णरुपले यसको पालना हुन सकिरहेको छैन् । आखिर किन ? “लक डाउन”को अर्थ हामी जहा छौँ त्यही बस्नु पर्छ । हुने खानेको लागि त ठिक छ तर जुन व्यक्ति दिन भरि काम अनि मात्र रातमा उसको चुलो सल्किन्छ त्यस पछि मात्र उ र उसको परिवार खान पाउछ त्यस्तो व्यक्तिको लागि सरकारले के प्याकेज ल्याएको हो ? केही योजना छ कि ?

बाच्नका लागि खाना चाहिन्छ, खानाको लागि काम गर्नु पर्छ, कामको लागि आफु स्वस्थ हुनुको साथै काम गर्न वातावरण र बजार चाहिन्छ जुन अहिले कोरोनाको त्रासमा बन्द छ । यसले काम गरेर बिहान बेलुका छाक टार्नेका लागि मर्नु न बाँचनु बनाएको छ । उनीहरुलाई कोरोनाले मारोस या नमारोस भोक र डरले पल पल मरिरहेको अवस्था छ।

त्यस्तो व्यक्तिले कसरी “लक डाउन” गर्न सक्छ ? एक चोटी सोचेका छौँ सरकार ? अन्य देशहरुमा जनताको लागि विभिन्न किसिमका सुविधा तथा प्याकेज ल्याएको छ अनि “लक डाउन” सफल भइरहेको छ । हाम्रो छिमेकी मुलुक भारतले आधार कार्डको आधारमा महिना भरिको लागि खाद्यान तथा अन्य राहत समाग्री घर घरमा पु¥याउन घोषणा गरेका छन् । यसको साथै स्वास्थ्य कर्मीहरुलाई एक महिनाको स्यालरी बाराबरको रकम बोनस स्वरुप प्रदान गर्ने घोषण गरेका छन् । कक्षा १ देखि १२ सम्मको विद्यार्थीहरुलाई ३१ मार्च सम्म छात्रवृत्ति पनि प्रदान गर्ने । तर हाम्रो देश बासीले त्यति आस पनि गरेका छैन होला । तर पनि गरि खानेको लागि केही न केही प्याकेज ल्याउन आवश्यक देखिन्छ ।

दिल्ली सरकारले सर्वसधारण जनताको लागि रु ५ हजारको प्याकेज ल्याएको छ । जसबाट गरिब निमुख्खा जनताहरुले सजिलै सँग यो “लक डाउन” भएको अवधीभरी खाना खान पाउँछ । तर हाम्रो नेपाल सरकारले गरिब निमुख्खाको लागि के सोचेको छ ? आज दोस्रो दिनको “लक डाउन” मा देशको विभिन्न कुनामा खद्यान बस्तुको भाउ तेब्बरले बृद्धि हुदैछ जसको कारणले गर्दा सर्वसधारण जनताहरु पनि तनावमा छन् । कोरोनाको संक्रमणले मर्नु भन्दा पहिला कहि नेपालका मानिसहरुले भोकमरी तथा कुपोषणले अर्थात पोषण युक्त खानाको कमीले गर्दा नै पर्नु नपरोस त्यसको लागि सरकारलाई यो कुरामा ध्यान दिन यति जरुरी देखिन्छ ।

अब के गर्न सकिन्छ ?

सरकारले प्रत्येक स्थानिय तहको सहयोग लिएर हरेक वार्ड तथा नगरपालिका स्तरमा हात मुख जोडन धौउ धौउ पर्ने मानिसहरुको लागि दैनिक खाद्यान्नको प्याकेज उपलब्ध गराउने ।
सर्व सधारण जनताहरुको लागि दैनिक रुपमा आवश्यक पर्ने खद्यान्न समाग्री पाउन पसल खुल्ला गराउने र पसलमा करिव १.५ मिटरको दुरी कायम गरी उभन लागाउने ।
पसलेहरुलाई दिनको एक पटक परिक्षण गरी मात्र समान बेच्ने अनुमति दिने ।
भ्याए सम्म सरकारले टर्की सरकार जस्तै हरेक घरको अगाडी खद्यान्न समाग्री प्याकेज सस्तो मुल्यमा उपलब्ध गराउने ।
बजार व्यवस्थापनमा जोड दिने ।
सिमित संख्यामा मात्र बजारमा मानिसहरुलाई परिक्षण गरि पस्न दिने ।
करोना काभिड १९ बाट बाच्न अपनाउने उपायहरु
सबै भन्दा पहिला सरकारले घोषणा गरेको “लक डाउन” को पुर्णरुपमा पालना गर्ने ।
प्रत्येक ३० मिनेटमा साबुन पानीले मिचि मिचि हात धुने ।
प्रत्येक १ घण्टामा सेनिटाइजरको प्रयोग गर्ने ।
घरबाट बिना अनि आवश्यक काम बाहेक बाहिर ननिस्किने ।
मास्कको प्रयोग गर्ने । मास्कलाई दिनहू डिटोलको तथा साबुनको प्रयोग गरि सफा गर्ने ।
एक ठाउँमा बढी मानिसहरु भेला नहुने ।
अपरिचित व्यक्ति सँग अहिले घनिष्ट तथा बडी नजिकिएर नबस्ने ।
सेल्फ क्वानटाइनमा बस्ने ।
कोरोनाको कुनै किसिमको लक्षण आफु अथवा आफनो परिवार वा वरिपरिका मानिहरुमा देखा परे नेपाल सरकारले दिएको डाक्टरहरुको तथा अन्य हटलाइन नम्बरमा सम्पर्क गरि सल्लाह र सुझाव लिने ।
संखा लागेमा आफु नजिक भएको क्वानटाइनमा गई चेक जाचको प्रक्रिया अगाडी बढाउने ।
खाना खानु अघि साबुन पानीले मिचि मिचि हाथ धुने ।
खोक्दा वा हाछ्यु गर्दा केहुनाले ढाकेर गर्ने ।

आफु पनि बचौ र अरुलाई पनि बचाउ, “लक डाउनको” नियम अनिवार्य रुपमा पालना गरौ ।

सम्बन्धित खवर