उदयपुरमा काँग्रेसलाई धक्का १५० भन्दा बढीले गरे नेकपामा प्रवेश

उदयपुरमा काँग्रेसलाई धक्का १५० भन्दा बढीले गरे नेकपामा प्रवेश

 

बिजय कार्की चैत, ०१,२०७६ उदयपुर ः उदयपुरमा नेपाली काँग्रेसलाई ठुलो धक्का लागेको छ । काँग्रेस छाडेर सनिवार एक कार्यक्रमका ठुलो संख्यामा नेकपा प्रवेश गरेका छन ।

जिल्लाको बेलका नगरपालिका स्थीत नगर कमिटीको आयोजनामा १५० भन्दा बढि नेपाली काग्रेसबाट नेकपामा पार्टी प्रबेश गरेको नेपाल कम्युनिस्ट पार्टी (नेकपा ) जिल्ला समिती अध्यक्ष बिनोद कटुवाल ‘दिवस’ जानकारी दिए ।

पार्टी प्रवेश गर्नेमा नेपाली काँग्रेस वडा सभापती राजकुमार पाण्डे, ढकन पाण्डे, शिव अधिकारी, तिलक तिम्लसिना, कुल बहादुर नेपाली तिसहित स्थानीय नेता कार्यकत्र्ता बुद्धिजीवि रहेका अनेरास्ववियूका केन्द्रिय सदस्य भरत घिमिरेले जानकारी दिए ।

बेलका नगरपालिका वडा नं. ३ कालीखोलामा आयोजित एक समारोहका बिच पार्टी प्रवेस गराइएको बेलका नगर समिती अध्यक्ष मनोज तामाङले बताए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य तथा उदयपुर इन्चार्ज बलदेव चौधरीको प्रमुख आथित्यतामा पार्टी प्रवेस कार्यक्रम भएको हो । कार्यक्रममा नेकपा अध्यक्ष बिनोद कटुवाल, सचिव ईश्वर मणी राउत, प्रदेश सदस्य मणी पौडेल, राजन किराती, द्रोण पौडेल, बेलका नगरप्रमुख दुर्गा कुमार थापा लगायतको उपस्थीती रहेको थियो।

उदयपुरको एउटा मात्र स्थानीयतहमा नेकपाले एकताको सम्पुर्ण प्रक्रिया टुङ्गाएको छ। नेकपा उदयपुरले देशकै कान्छा जिल्ला अध्यक्ष पाए सँगै पार्टीको संगाठनात्मक गतिबिधीलाई तिब्रता दिएको पाईन्छ ।

सम्बन्धित खवर