पथरी शनिश्चरेका ५० जना जेष्ठनागरिकलाई सम्मान

पथरी शनिश्चरेका ५० जना जेष्ठनागरिकलाई सम्मान

पथरी, मोरङको पथरी शनिश्चरे नगरका ज्येष्ठ नागरिकलाई सम्मान गरिएको छ ।

ज्येष्ठ नागरिक एकता समन्वय केन्द्र पथरी शनिश्चरे नगर समितिको आयोजनामा आज ८० वर्षमाथिका प्रत्येक वडाबाट ५÷५ जनाका दरले ५० जनालाई झर्के थाल, झुल र नगद सहितले सम्मानित गरिएको हो ।

नगर उपप्रमुख यमुना विष्ट वास्तोला, नगर उपसचिव शालिग्राम काफ्ले, ज्येष्ठ नागरिक एकता समन्वय केन्द्रका केन्द्रीय उपाध्यक्ष भूवनेश्वर पोखरेल, नगर अध्यक्ष नेत्र दहाल सहितले ज्येष्ठहरुलाई सम्मानित गर्नुभयो ।

नगरपालिका कार्यालयको १ लाख रुपैयाँको बजेटमा कार्यक्रम सम्पन्न गरिएको केन्द्रका नगर सचिव रमेश दहालले जनाउनु भयो ।

सम्बन्धित खवर