२ नम्वर वडा कार्यालय भवन शिलान्यास

२ नम्वर वडा कार्यालय भवन शिलान्यास

पथरी, मोरङको पथरीशनिश्चरे नगरपालिकाको वडा नम्वर २ को वडा कार्यालय भवनको शिलान्यास भएको छ ।

दाताहरुबाट जग्गा प्राप्त भएपछि नगर प्रमुख दिलीपकुमार राई, २ नम्वर वडाध्यक्ष यामप्रसाद गुरागाईं सहितको अगुवाईमा त्रिभूज चोक देवीगञ्जमा कार्यालय भवनको शिलान्यास गरिएको हो । नगरपालिका कार्यालयको बजेटमा निर्माण हुने कार्यालय भवनका लागि स्थानीय पञ्चकुमार राई, दीपक खतिवडा, दुर्गा खतिवडा र रामभक्त खतिवडाले गरी ५ कठ्ठा जग्गा दान प्राप्त भएको छ ।

सम्बन्धित खवर