जाँते माविका विद्यार्थीको पथरीमा भेला

जाँते माविका विद्यार्थीको पथरीमा भेला

पथरी, मोरङको लेटाङस्थित जाँते माद्यामिक विद्यालयको २०५० सालको एसएलसी समूहका विद्यार्थीहरुको पथरीशनिश्चरेमा भेला सम्पन्न भएको छ ।

पदम राईको संयोजनमा याम सुवेदी, योगेन्द्र घिमिरे, मञ्जु वस्नेत, त्रिलोचन काफ्ले, जीविका खतिवडा अश्रु सहितको पहलमा पथरीको शान्ति भूल्के सिमसार क्षेत्रमा भेला सम्पन्न भएको हो । भेलाले सो समूहका आफुहरु र आफ्नो परिवारको दुःख सुखमा आपसी सहयोग आदान प्रदान गर्ने, भातृत्व कायम राख्ने कुरा छलफल भएको छ । अर्काे पटकको भेलाले समिति गठन गरी आर्थिक कोषको समेत व्यवस्थापनमा पहल गर्ने छलफल भएको जीविका खतिवडा अश्रुले वताइन् ।

सम्बन्धित खवर