कोरोनाका कारण पीएसजी र स्ट्रासबर्गबीचको खेल स्थगित

कोरोनाका कारण पीएसजी र स्ट्रासबर्गबीचको खेल स्थगित

फ्रेन्च लिग फुटबल अन्तर्गत पेरिस सेन्ट जर्मेन (पीएसजी) र स्ट्रासबर्गबीच तय भएको खेल स्थगित भएको छ ।

विश्वभर तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसलाई मध्ये नजर गर्दै शनिबार तय भएको पीएसजी र स्ट्रासबर्गबीचको खेल स्थगित गरिएको हो ।

उक्त खेल स्ट्रासबर्गको मैदान हुने तय थियो । यस खेलको नयाँ मिति पछि तय हुने बताईएको छ ।

कोरोना भाइरसको संक्रमित फ्रान्समा ६ सय १३ जना रहेका छन् । यस्तै ९ जनाको मृत्यु भईसकेको छ ।

सम्बन्धित खवर