सुनवर्षी मेयर कपमा बेलबारी अघिल्लो चरणमा प्रवेश

सुनवर्षी मेयर कपमा बेलबारी अघिल्लो चरणमा प्रवेश

पथरी, मोरङको सुनवर्षी २ अमरदहमा जारी मेयर कप फुटबलमा बेलबारी नगरपालिका अघिल्लो चरणमा प्रवेश गरेको छ । मंगलबार भएको खेलमा रंगेली नगरपालिकालाई १–० गोल अन्तरले पराजित गर्दै बेलबारीले अघिल्लो चरण प्रवेश गरेको हो ।

निर्धारित समयमा पहिलो हाफमा कुनैपनि गोल हुन सकेको थिएन । खेलको ४९ औँ मिनेटमा व्यक्तिगत गोल गर्दै बेलबारीका दामु मगरले टिमलाई जित दिलाउन सफल भए । दुबै टिमबाट निकै आकर्षक खेल प्रस्तुत गरेता पनि आफ्ना सुनौला अवसरहरु गुमाउदा नतिजा बेलबारीलाई सुम्पन बाध्य भयो । आजको खेलको म्या अफ दि म्याच बेलबारीका टिम क्याप्टेन समेत रहेका दामु मगर घोषित भए ।

सुनवर्षी २ अमरदहमा रहेको बिरेन्द्र सार्वजनिक माविको खेल मैदानमा जारी खेलमा बुधबारको खेल पथरी शनिश्चरे नगरपालिका र बिराटनगर महानगरपालिका बिच हुने खेल संयोजक यादब कुमार बस्नेतले जानकारी दिनुभयो । खेलको बिजेताले १ लाख २१ हजार र उप बिजेताले ६५ हजार नगद, ट्रफि, मेडल र प्रमाण पत्र पाउनेछन् ।

सम्बन्धित खवर