सिराहामा ब्राउन सुगरसहित एक युवा पक्राउ

सिराहामा ब्राउन सुगरसहित एक युवा पक्राउ

 

राजेन्द्र महतो, लहान । सिरहाको गोलबजार न- पा-६बाट प्रहरीले ब्राउन सुगरसहित एक युवालाई पक्राउ गरेको छ। पक्राउ पर्ने सिरहा गोलबजार नगरपालिका -६का २१ वर्षिय सुरेश साह छन्। विशेष सुराकीको आधारमा ईलाका प्रहरी कार्यालय गोलबजार सिरहा बाट खटिएको प्रहरी टोलीले साहको घरबाट लुकाइ छिपाइ विक्रिको लागि राखिएको ब्राउनसुगर ६ ग्राम ४ सय मिलिग्राम सहित दुई थान मोवाईल र २ हजार ६ सय ५० रुपैयाँ बरामद गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनक पुरीले बताएका छन। पक्राउ परेका साह लाई अवश्यक अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय गोलबजार मा राखिएको छ। करिव एक महिना पहिला पनि साह लागुऔषध मुद्दाको पोलुवामा १ लाख ४० हजार धरौटी राखेर छुटेका थिए ।

सम्बन्धित खवर