१२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रंगेलीमा सुरु

१२ औ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रंगेलीमा सुरु

रबिन्द्र बराल, रंगेली

रंगेली नगरपालिका ले १२ औँ संस्करणको राष्ट्रपति रनिङ शिल्ड खेलकुद प्रतियोगिताको बिधिवत रुपमा सुरु भएको छ । “ स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद भन्ने मुल नाराका साथ नगरस्तरीय १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता बिधिवत रुपमा शुक्रबार उद्घाटन भएको छ ।नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र निजि बिधालय लाई समाबेश गरेर सामुदायिक बिधालयबाट १२ वटा विधालय र निजि विद्यालयबाट ७ विधालयका कक्षा ९ देखि १२ सम्मका छात्र, छात्राहरुको खेलकुद प्रतियोगिता सुरु भएको हो । उद्घाटन खेलका प्रमुख अतिथि क्षेत्र नम्बर ५ का सभासद शिव कुमार मंडल, विशिष्ट अतिथि नगरपालिका मेयर दिलिप बगडिया, कार्यकारी अधिकृत टोम प्रसाद सुवेदी वडा अध्यक्ष रामचन्द्र मण्डल, विभिन्न बिधालयका शिक्षकहरुको समेत उपस्थिति रहेको थियो ।

प्रमुख अतिथिले सिठी वजाएर १५ सय मिटर दौडको उद्घाटन गरेका थिए । प्रतियोगितामा दौड, कवडि, भलिबल, सटफुट, हाईजम्प लगायत विभिन्न खेल हुने । सम्पुर्ण खेल जनता क्याम्पसको खेल मैदानमा हुने भएको छ। उक्त खेल फागुन १६ गते देखि १८ गते सम्म सञ्चालन हुने भएको छ । खेलमा प्रथम, द्वितीय र तृतीय हुनेहरुलाई नगद, सिल्ड र प्रमाणपत्र समेत बितरण गरिने शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डितले बताए ।

सम्बन्धित खवर