जिल्ला शिक्षा कार्यलय सुनसान अवस्थामा

जिल्ला शिक्षा कार्यलय सुनसान अवस्थामा

फागुण, १६ : उदयपुरको जिल्ला शिक्षा विकास तथा समन्वय इकाइको कार्यालय सुनसान अवस्थामा रहेको र कर्मचारी नबस्ने समस्या देखिएको छ।

जिल्ला शिक्षा कार्यालयको संरचना रहँदा कार्यालयमा व्यस्त देखिने कर्मचारीहरु हिजोआज कार्यालयमा खासै देखिदैनन।

राज्यको पूर्नसंरचना सँगै महत्वपूर्ण जिम्मेवारी स्थानिय तहको शिक्षा शाखामा केन्द्रित भएसंगै शिक्षा विकास तथा समन्वय इकाई काम बिहिन जस्तै बनेको छ। कर्मचारी दरबन्दी पनि कम हुनु र जिम्मेवारी पनि कम भएकाले कार्यालयको प्रभावकारीता घटेको स्वयम कर्मचारीहरु बताउछन्।

कार्यालयमा कर्मचारीहरु नबस्ने समस्याले सेवाग्राहीहरुले समेत हैरानी खेप्नुपरेको छ। शुक्रबार पत्रकारहरुको टोली जिल्ला शिक्षा बिकास तथा समन्वय ईकाइ पुग्दा कार्यालयमा कार्यलय सहयोगी र एक महिला कर्मचारी बाहेक अन्य कुनै कर्मचारीहरु भेटिएनन्। ति कर्मचारीले भने अन्य कर्मचारीहरु फिल्डमा गएकाले कार्यालय नआएको जवाफ दिईन्।

यता शिक्षा ईकाई प्रमुख केदारकुमार गिरी आफु जिल्ला प्रशासनको बैठकमा रहेको र आफु कार्यालय आउन नसक्ने भन्दै पत्रकारको टोलीलाई प्रशासन कार्यालय तिरै आउन आग्रह गरे। कार्यालयमै काम रहेको र अन्य सेवाग्राही समेत अलपत्र परेको भन्दै पत्रकार टोलीले उनको आग्रह अस्विकार गरेपछि प्रमुख गरीले सेवाग्राहीहरुको काम बाहिरबाटै गर्दै आएको खबर विजय कार्कीले उज्यालोपाटीमा लेख्नुभएको छ ।

सम्बन्धित खवर