१२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रंगेलीमा हुने

१२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता रंगेलीमा हुने

रबिन्द्र बराल, रंगेली

रंगेली नगरपालिका भित्र रहेका सामुदायिक बिधालय र निजि बिधालयलाई समाबेश गरेर नगरस्तरीय १२ औँ राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिता गर्ने भएको छ । पत्रकार सम्मेलनको आयोजना गरी राष्ट्रपति रनिङ्ग शिल्ड प्रतियोगिताको सम्पुर्ण तयारी पुरा भएको जानकारी समेत गराएको छ।

नगरपालिका भित्र रहेका सामुदायिक बिधालयबाट १२ वटा बिधालय र निजि विद्यालयबाट ७ बिधालय का कक्षा ९ र १० का छात्र, छात्राहरुको सहभागी हुने पत्रकार सम्मेलनको आयोजना गरि उक्त जानकारी गराएको हो । प्रतियोगितामा विभिन्न खेलमाको हुने शिक्षा शाखा प्रमुख रविन्द्र कुमार पण्डितले जानकारी दिए । सम्पुर्ण खेल जनता क्याम्पसको खेल मैदानमा हुने भएको छ। उक्त खेल फागुन १६ गते देखि १८ गते सम्म सञ्चालन हुने शिक्षा समितिका सदस्य भक्त राज सुुब्बले बताए ।

सम्बन्धित खवर