प्रधानमन्त्री ओलीलाई जन्मदिनमा कविता “व्हाट एन इडियट! पिएम ओली”

प्रधानमन्त्री ओलीलाई जन्मदिनमा कविता “व्हाट एन इडियट! पिएम ओली”

सिएन गौतम
इटहरी, सुनसरी

“व्हाट एन इडियट! पिएम ओली”

एकोनोमिक्सका गोल्डमेडलिस्टहरू
अर्थतन्त्रका असफल
बफे डिनर अनि चुस्की लगाउदै
देशको पारवाहनको कुरो गर्छन्
समुद्रमा चन्द्रसूर्य ध्वजावाहक जहाज राख्ने रे…हा हा हा…
व्हाट एन इडियट! पिएम ओली…

        सम्माननीय प्रधानमन्त्री के.पी शर्मा ओली ज्यू                          जन्मदिनको अत्यन्तै धेरै शुभकामना

ब्राण्डेड क्लोथस्,
भारतिय सिरियलका महङ्गा सारी
इम्पोर्टेट प्रफ्युम,,हाइलाइट कर्ली,
स्ट्रेट हेयर,ब्लिचिङग फेस
एक जमात
रेमिटेका ब्युटीफूल हनीहरू
बर्थ डे स्पेसल पार्टीमा
साम्पियन खोल्दै भन्छन्
घर घरमा पाइपलाइन हुने रे ..हा हा हा..
व्हाट एन इडियट! पिएम ओली

ह्याक्ड वाइफाइ,
फ्री वाइफाइ जोन,
चोक अनि गल्लीमा
न्यु गेम्स ए्प्स डाउनलोड गरिरहेका स्कुले केटाकेटी
फेसबूक ,ट्विटरमा प्रपोज र ब्रेक अप गर्दै गरेका युवाहरूको झुन्ड
ठट्ठा गर्दै भन्छन्
चन्द्रमामा पनि नेपालको हिस्सा चाहियो रे
हा हा हा….
व्हाट एन इडियट !पिम एम ओली

ओ पिएम !यू आर गोइङ्ग टोटल्ली
म्याड म्यान…
किनकी इतिहासले बताउँछ
ग्यालिलियो, अरस्तु, सुकरात, देवकोटा आदि सबै तिमी जस्तै मुर्ख थिए ।।

सम्बन्धित खवर