रबिन्द्र बराल, रंगेली
लाईन्स क्लव अफ रंगेली तथा लाईन्स क्लव अफ गोग्राह बिराटनगरद्वारा अमेरिकियन हुईलचियर बितरण गरेका छन् । मोरङको सुनवर्षी नगपालिका २ बस्ने ४५ बर्षका रामनारायण ठाकुर र बडा नम्बर ५ बस्ने मोहम्द ओसिलका छोरा बर्ष ११ का अबुदानिस मियाँलाई उक्त हुईलचियर बितरण गरिएको थियो । लाईन्स क्लवको केन्द्रीय कार्यलयको सहयोगमा निशुल्क दुई थान हुईलचियर एक कार्यक्रमका बिच बितरण गरिएको हो।
एउटा हुईलचियरको बाजर मूल्य ५२ हजार रुपैयाँ बराबरको रहेको छ । शुक्रबार सुनवर्षी नगरपालिका ५ स्थित टकुवामा एक कार्यक्रमको आयोजना गरि हुईलचियर बितरण गरिएको हो । रामनारायण ठाकुरले भने यसरी समाजिक संस्था हरुले हामी जस्तो अशक्त हरुलाई घरमै आएर हुईलचियर दिएकोमा अत्यधिक खुशी भएको र पहिले आफुलाई हिडडुल गर्न निकै कठिन भएको र अब भने आफुलाई सहज हुने बताए । मोहम्द ओसिलले भने मेरो नाति जन्मेको समयदेखि नै सुस्त मनस्थिति र हिडडुल गर्न समेत समस्या हुदै आएको बताए । ११ बर्ष देखि बिधालय समेत जान नसकेको र घर वरिपरि समेत धिस्रिएर हिडडुल गर्ने गरेको र अब भने नाति पढन जाने बिधालय जान सक्ने भए पछि आफु निकै खुशि भएको बताए । सो कार्यक्रममा लाईन्स क्लव अफ रंगेली प्रतिनिधि कमलेश्वार ठाकुर, कमलेश मंन्डल, स्थानीय युगेश्वर ठाकुर, समाजसेवी लगायतको समेत उपस्थिति समेत रहेको थियो ।