जनकपुर : मुख्यमन्त्री लालबाबु राउतले जनकपुरधामलाई मदिरामुक्त बनाउने प्रतिवद्धता जनाएका छन् ।
महाशिवरात्रीको अवसरमा व्रह्मकुमारी राजयोग सेवा केन्द्र जनकपुरले आयोजना गरेको प्रवचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राउतले जनकपुरको धार्मिक महत्वलाई दृष्टिगत गरी मदिरामुक्त शहर घोषणा गर्ने बताएका हुन् ।
सेवा केन्द्रकी संचालिका सृजना देवीको अध्यक्षतामा भएको उक्त कार्यक्रममा भौतिक पूर्वाधार विकास मन्त्री जितेन्द्र सोलनले शान्ति विना विकास सम्भव नरहेकाले हरेक व्यक्तिलाई आफ्नै मनबाट शान्तिको शुरुवात गर्नुपर्ने बताए ।
कार्यक्रममा प्रदेशसभा सदस्य परमेश्वर साहसहितका वक्ताहरुले सम्बोधन गरेका थिए । राजयोग सेवा केन्द्र जनकपुरमा शान्ति यात्रा समेत निकालेको छ ।