सुनवर्षीमा पहिलो दिन ५ हजार बढीले खाए हात्तिपाइले विरुद्धको औषधी

सुनवर्षीमा पहिलो दिन ५ हजार बढीले खाए हात्तिपाइले विरुद्धको औषधी

पथरी, हात्तिपाइले रोग विरुद्धको औषधी खुवाउने अभियान अन्तर्गत आज पहिलो दिन ५ हजार २ सय ४५ जनाले औषधी सेवन गरेका छन् । अमरदह स्वास्थ्य चौकीबाट औषधी सेवन गरेर नगर उपप्रमुख मञ्जु राईले अभियानको उद्घाटन गर्नुभएको थियो ।

आज पहिलो दिन वडा नं. १ मा ५३० जना, वडा नं. २ मा ४७० जना, वडा नं. ३ मा ५७० जना, वडा नं. ४, ५ र ६ को आधाभाग गरेर १ हजार १ सय २५ जना, ६ नं. वडाको आधा भाग, ८ र ९ नं. वडाको १ हजार १ सय ५० जना गरेर जम्मा ५ हजार २ सय ४५ जनाले औषधी सेवन गरेको नगर स्वास्थ्य संयोजक किशोर कुमार मण्डलले जानकारी दिनुभयो ।

मोरङमा सुनवर्षी नगरपालिका हात्तिपाइले रोगको वढी जोखिम भएको नगरमा पर्दछ । अशिक्षा, गरिबी, औषधकिा बारेमा भ्रम फैलिएका कारण सतप्रतिसत् औषधी खुवाउन समस्या हुने गरेको संयोजक मण्डलले बताउनुभयो ।

सम्बन्धित खवर