मोरङ । मोरङको बुढीगंगा गाउँपालिका ४ पोटियामा भएको मोटरसाईकल दुर्घटनामा परी १ जनाको मृत्यु भएको छ भने १ जना घाईते भएका छन् । मंगलवार राती पौने १० बजे पूर्वबाट पश्चिम तर्फ जाँदै गरेको तत्काल नम्बर नखुलेको मोटरसाईकल आफै अनियन्त्रीत भई दुर्घटनामा हुँदा मोटरसाईकलमा सवार दुहवी २ का ३५ बर्षीय युवराज सुतिहार र दुहवी ११ का २१ बर्षीय सुरज ऋषिदेव घाईते भएका थिए ।
घाईते दुवै जनालाई उपचारको लागि बिराट मेडिकल कलेज पठाईएकोमा उपचारको क्रममा सुतिहारको राती सवा १० मा मृत्यु भएको हो भने अर्का घाईतेको सोही अस्पतालमा उपचार भईरहेको र चालक फरार रहेकोले खोजतलास भईरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
