पुनरागमन जितसँगै आर्मी शीर्ष स्थानमा

पुनरागमन जितसँगै आर्मी शीर्ष स्थानमा

विभागीय डर्बीमा उत्कृष्ट जित निकाल्दै त्रिभुवन आर्मी क्लब सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलको शीर्ष स्थानमा उक्लिएको छ ।

त्रिपुरेश्वरमा आइतबार भएको विभागीय डर्बी भिडन्तमा नेपाल पुलिस क्लबलाई ४-२ गोल अन्तरले पराजित गर्दै आर्मी शीर्ष स्थानमा उक्लिएको हो ।

दशरथ रंगशालामा नवयुग श्रेष्ठले दुई गरेपछि आर्मीले पुलिसविरुद्ध उत्कृष्ट पुनरागमन जित निकालेको हो । यस्तै आर्मीका लागि सुमन अर्याल र सुदिल राईले एक एक गोल गरे ।

पुलिसका बुद्ध बल तामाङ र मान बहादुर परियारले एक एक गोल गरे ।

जितसँगै आर्मीले १० खेलमा २३ अंक जोडेको छ ।

पुलिस १० खेलमा १४ अंक जोडेर सातौं स्थानमा रहेको छ ।

सम्बन्धित खवर