वालवालिकाको क्षमता अभिवृद्धीको लागि जीवन उपयोगी सिपसँग सम्बन्धित तीन दिने तालिम सुरु

वालवालिकाको क्षमता अभिवृद्धीको लागि जीवन उपयोगी सिपसँग सम्बन्धित तीन दिने तालिम सुरु

सिन्धुली,१९ माघ – सिन्धुली जिल्लाको सदरमुकाम सिन्धुलीमाढीमा शनिबारदेखि सिड्स नेपालको आयोजनामा विद्यालय उमेर समूह भित्रका वालवालिकाको क्षमता अभिवृद्धीको लागि जीवन उपयोगी सिपसँग सम्बन्धित तीन दिने तालिम सुरु भएको छ ।

विषेश गरी माध्यामिक तहमा अध्ययनरत वालवालिकाको चौतर्फी विकासका निम्ती यो तालिम आयोजना गरिएको सिड्स नेपालले जनाएको छ । सिड्स नेपालका अनुसार उक्त तालिम सोमबार सम्पन्न हुने छ । तालिम वल्र्ड भिजन इन्टरनेसनल नेपालले आर्थिक तथा प्राविधिक सहयोगमा सुरु भएको हो ।

उक्त तालिमबाट बालबालिकाले आफ्नो दैनिक जीवनमा सम्भावित समस्याहरु आउन सक्ने सम्स्याहरु आउन नै नदिनु तथा यदी आइपरे पनि आफुमा विभिन्न किसिमका आन्तरिक तथा बाहिय शक्ति एवं सिपहरु विकास गरी समस्याहरुको समाधान र सिप विकास गर्ने विश्वासका साथ यो तालिम संचालन भएको हो ।

तालिमको सहजीकरण वल्र्ड भिजन इन्टरनेसनल नेपालका शिक्षा विशेषज्ञ विश्वानाथ घिमिरे, सिड्स नेपाल सिन्धुलीका तालिम संयोजक उद्धव पौडेलले गर्नुभएको थियो ।

तालिममा गोलन्जोर तथा तीनपाटन गाउँपालकाका आठ वटा विद्यालय क्रमशः सान्दाने मा.वि, गैरीखानी मा.वि, घ्याम्पा आधारभुत विद्यालय, सिसाबोट मा.वि, सिम्ले आधारभुत विद्यालय, वाल मा.वि, वाल आधारभुत तथा सारदा मा.वि लगायतका ८ र ९ कक्षामा अध्य्यनरत वालवालिकाहरु सहभागी भएका छन् ।

यो सहयोगी संस्थाले सिन्धुली पश्चिम शिक्षा परियोजना अन्तर्गत रहेर वालवालिकालाई दैनिक जीवनका अत्यन्तै महत्वपुर्ण तथा आधारभुत सिपहरु विकास गराउन र उनिहरुलाई दैनिक जीवनमा आइपर्ने विभिन्न किसिमका सिप दिने उद्देश्यले सुरु गरीएको हो । आत्मजागरण, अनुभुति, प्रभावकारी संचार, अन्तर व्यक्ति सम्बन्ध, सिर्जनात्मक सोचाई, समालोचनात्मक सोचाई, संवेग नियन्त्रण तथा तनाव ब्यबस्थापनका सिपहरुको बारेमा छलफल गरी सकारात्मक सोचाई तथा धारणा बनाउनका लागि आयोजना गरेको सिड्स नेपाल सिन्धुलीका कार्यक्रम संयोजक नारायण पाण्डेले बताउनु भयो ।


तालिममा सहभागि हिरामाया तामाङले भन्नुभयो, ‘हामिले यस तालिमबाट आत्मजागरण भनेको के हो ? अन्तर ब्यक्ति सम्बन्ध कसरी निर्माण गर्ने र त्यसलाई कसरी सकारात्मक रुपमा अगाडी बढाउने भन्ने कुराहरु सिक्न पाउँदा साह्रै खुसि भएका छौं । यस सिपलाई आफ्नो जीवनमा साथै विद्यालयमा गएर आफ्नो साथीहरुलाई समेत सिकाउने प्रतिवद्धता समेत जनाएका छौं ।’

विशेष गरी दैनिक जीवन विकासका सिपहरु तालिममार्फत सिक्न पाउँदा बालबालिका दंग भएका छन् । साथै यस्ता क्षमता विकासका तालिमहरुले समाजमा हुने गरेको वालविवाह, हिंसा जस्ता जघन्य अपराधहरु नियन्त्रण गर्न समेत सहयोग पुग्ने विश्वास गरिएको छ ।

सम्बन्धित खवर