पुनर्वास नगरपालिका ९ बिचफाँटामा सशस्त्र प्रहरीको ९बोर्डर आउट पोष्ट बिओपी स्थापना

पुनर्वास नगरपालिका ९ बिचफाँटामा सशस्त्र प्रहरीको ९बोर्डर आउट पोष्ट बिओपी स्थापना

कञ्चनपुर जिल्लाको पुनर्वास नगरपालिका ९ बिचफाँटामा सशस्त्र प्रहरीको ९बोर्डर आउट पोष्ट बिओपी स्थापना भएको छ । शनिवार एक कार्यक्रमका बिच प्रहरीे निरिक्षकको नेतृत्वमा रहने गरी सशस्त्र प्रहरीको बिओपी स्थापना गरीएको हो ।


बिओपी उद्धाटनमा बोल्दै बैद्यनाथ बाहिनी मुख्यालय कैलालीका ७ नम्बर बाहिनीका सशस्त्र प्रहरी नायव महानिरिक्षक गोबिन्द क्षेत्रीले नेपालका बिभिन्न ठाउँमा भारतीय पक्षबाट नेपालको भुमी अतिक्रमणका परेको बताउदै कञ्चनपुरको सबै ठाउँमा सिमा स्तम्भ लोकेट गर्ने काम भईरहेको बताउनु भयो ।
सीमा सुरक्षा जस्तो गम्भीर र सँबेदनशील क्षेत्रमा सशस्त्र प्रहरीले अहोरात्र सिमा सुरक्षामा खटेको र स्थापनाकाल देखी नै सिमा सुरक्षा गर्दै आईरहेको कुरा अवगत गराउनु भयो । कञ्चनपुर जिल्ला भरी ३९० पिल्लर रहेको र आफ्नो क्षमता र बुद्धी विवेकले भ्याए सम्म सुरक्षामा खटिने प्रतिबद्धता महानिरिक्षक गोबिन्द क्षेत्रीले बताउनु भयो ।
त्यसैगरी बिओपीको उद्धाटनमा बोल्दै कञ्चनपुर जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी गोकर्ण उपाध्यायले सीमा सुरक्षा देखी लिएर सामाजिक अपराधको निगरानी प्रहरीले भन्दा बढी स्थानियले गर्ने बताउदै सिमा क्षेत्रमा हुने अपराधिक गतिबिधिको बारेमा प्रहरीलाई खबर गर्न स्थानियलाई आग्रह गर्नृु भयो ।
त्यसैगरी बिओपी उद्धाटनमा बोल्दै सुदूरपश्चिम प्रदेश सभा सदस्य तथा नेकपाका प्रमुख सचेतक तारालामा तामाङ्गले पुनर्वास पहिले दश हजार क्षेत्रफल ओगटेर बनेको बताउदै अहिले जङ्गल फँडानी गरेर बसोवास भएकाले केही क्षेत्रफल बढेको हुन सक्ने बताउनु भयो । पुनर्वासमा सबै समुदायका मान्छेको बसोवास रहेकाले सम्भावना र चुनौती दुबै रहेको बताउनु भयो । बिओपी स्थापना पछी प्रहरीले जागिरको शिलसिलामा भन्दा राष्टको सेवा गन बसेको छु भन्ने सोच्नु पर्ने बताउनु भयो ।
पुनर्वासको बिभिन्न ठाउमा भारतीय प्रहरी एसएसबीले समय समयम सिमा अतिक्रमण गर्दै आएको छ । पुनर्वासको बिचफाँटामा गत वर्ष भारतको जगँलबाट आउने जनावरको रोकथामका लागी लगाईएको विद्युतिय तारवार भारतिय प्रहरीले बल प्रयोग गरी उखेलेर फालेको थियो ।
सशस्त्र प्रहरीको बिओपी स्थापना भएपछी त्रासमा बसेका पुनर्वास बिचफाँटाका स्थानिय वासीहरु हर्षित भएक छन ।

सम्बन्धित खवर