“हामीले उत्पादनमुलक उद्योगलाई जोड दिएका छौ” : पूर्व अर्थ मन्त्री पाण्डे

“हामीले उत्पादनमुलक उद्योगलाई जोड दिएका छौ” : पूर्व अर्थ मन्त्री पाण्डे

१८ माघ । नेकपाका स्थायी कमिटी सदस्य तथा पूर्व अर्थ मन्त्री सुरेन्द्र पाण्डेले नेकपाको केन्द्रीय कमिटी बैठकको निर्णयले देशलाई मार्ग दर्शन गर्ने बताउनु भएको छ ।
पूर्वी चितवनको खैरहनीमा शनिवार पुन समाजको नवनिर्मित भवनको उद्घाटन गर्नु हुदै उहाले वैठकले गरेका निर्णयहरुको प्रभाव आउदो बजेटमा पर्ने भएकाले देशको मुहार फेर्नलाई सहयोग गर्ने बताउनु भयो । ‘यो वैठकले गरेका निर्णयको प्रभाव आउदो बजेटमा पर्दछ’ उहाले भन्नु भयो ‘विकासको मोडल कस्तो बनाउने, कस्ता योजनाहरु ल्याउने भन्ने विषयमा छलफल भएकाले छ त्यही निर्णय नै आउदो कार्यक्रममा लागु हुनेछ ।’
नेपाल कम्युनिष्ट पार्टीको बलियो सरकारले समाजवादको मार्ग दर्शन के हो कसरी हामी समाजवाद तर्फ जान सक्छौ भन्ने विषयमा पनि वैठकमा छलफल भएको छ उहाले भन्नु भयो । समाजबाद तर्फ जानको लागि पहिलो चरणमा तत्काल हामी रोजगार, उपचार, शिक्षा आवासको ग्यारेन्टी गर्ने तर्फ जानु पर्दछ नेता पाण्डेले भन्नु भयो त्यही विषयलाई लिएर बैठकमा छलफल भएको छ ।
यो वैठकले देशलाई नयाँ बाटो तर्फ लैजान महत्वपूर्ण काम गर्दछ पूर्व अर्थमन्त्री समेत रहनु भएका पाण्डेले भन्नु भयो ‘हामीले उत्पादनमुलक उद्योगलाई जोड दिएका छौ । ’ सरकारले पहिलो चरणमा बाटो पुल निर्माणमा ध्यान दिएको छ अव हाम्रो लक्ष्य त्यसमा मात्र होइन उत्पादन, जनताको जीवनलाई कसरी उकास्ने भन्ने योजनामा जानु पर्दछ । भौतिक संरचना निर्माण गरेर मात्र हुदैन जनताको जीवन यापन सुख बनाउनको लागि आम्दानी गर्न सक्ने उपायको खोजी गर्नु पर्दछ ।
सधैभरी रोजगारीको लागि विदेश जाने अवस्थाको अन्त्य गर्नलाई नै उद्योग कलकारखाना यही निर्माण गरेर उत्पादन वृद्धि गर्दै रोजागरीको सिर्जना गर्नु पर्ने बताउनु भयो । नेकपा सरकारले अव आर्थिक समृद्धिको यात्रामा काम गरी राखेको जानकारी दिनु भयो ।
नेता पाण्डेले स्थानीय तहदेखि संघ सरकारका मन्त्रीसम्मले जनभावना अनुसार काम गर्नु पर्ने बताउनु भयो । जनताले चाहेको विषय भन्दा फरक ढंगबाट काम गर्न थालिएमा त्यो आलोचित हुन पुग्दछ त्यसैले जनताको भावनालाई नै ध्यान दिएर काम गर्नु पर्नेमा जोड दिनु भयो ।
कार्यक्रममा उहाले पूर्वी चितवनलाई वाढीबाट सुरक्षित वासोबास हुने तरिकाले आउदा दिनमा कार्यक्रम ल्याउने बताउनु भयो । पूर्वी चितवनको सबै वस्तीलाई त्यहाँ रहेका खोलाहरुको तटवन्ध गरी बाढी नियन्त्रणको काम अगाडि वढाइराखेको जानकारी दिनु भयो । एक करोडको लागतमा निर्माण भएको पुन समाजको भावनले त्यहाँ हुने सामाजिक गतिविधिलाई सहयोग गरेको पुन समाजका अध्यक्ष होमबहादुर पुनले बताउनु भयो ।
कार्यक्रममा खैरहनी नगरपालिकाका प्रमुख लालमणि चौधरीले नगरपालिकाले नगरवासीको भावना अनुसार विकास निर्माणको कामलाई अगाडि वढाएको बताउनु भयो । कार्यक्रममा भवनलाई सहयोग गर्नु हुने दाताहरुलाई सम्मान गरिएको थियो । सास्कृतिक झाकी प्रदर्शन गरिएको थियो ।

सम्बन्धित खवर