२०७० सालपछि ए डिभिजन लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी सन्जोग

२०७० सालपछि ए डिभिजन लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी सन्जोग

सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।

त्रिपुरेश्वरथित दशरथ रंगशालामा जारी खेलमा थ्री स्टारले सरस्वतीविरुद्ध ४-० को अग्रता बनाएको छ । र, सरस्वतीविरुद्ध थ्री स्टारका सन्जोग राईले ह्याट्रिक गरेका छन् ।

खेलको ७१ औं मिनेटमा गोल गर्दै सन्जोगले ह्याट्रिक पुरा गरेका हुन् । यस अघि उनले ५७ र ६० औं मिनेटमा गोल गरेका थिए ।

यससँगै सन्जोग जारी लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी समेत बनेका छन् ।

यस्तै सन्जोग बिस २०७० सालपछि ए डिभिजन लिगमा ह्याट्रिक गर्ने पहिलो खेलाडी बने ।

सम्बन्धित खवर