फस्टाउन नसकेको फुडबल लिग

फस्टाउन नसकेको फुडबल लिग

प्रबेश बिष्ट,

सन् १११७ मा ग्रिसबाट फुटबलको सुरुवात भएको मानिन्छ । नेपालमा पनि फुटबलको सुरुवात सर्वप्रथम सन् १९२१ बाट भएको हो । विदेशमा पढाइ सकेर नेपाल आएका विद्यार्थी जनरल नर शमशेर राणाले नेपालमा फुटबलको जरो गाड्ने काम गरेका थिए । यस बेला नेपालमा फुटबलको क्रेज निकै भए पनि विविध कारणले गर्दा धेरै समय त्यो क्रेज टिक्न सकेन । यो समयमा घरेलु लिग पनि सोचे जस्तो हुन सकेको थिएन ।

वि. सं. २०४७ सालमा प्रजातन्त्रको पुन स्थापनासँगै सुस्ताएको फुटबलले केहि समय पछि नँया धार लिएको थियो । नेपालमा यहि समयदेखि खेलाडीहरु व्यवसायिक रुपमा क्लबहरुमा अनुबन्धन हुन थालेसँगै फुटबलप्रति प्रायोजकहरु आकर्षण हुन थालेका हुन । यहि समयमा अर्थात सन् १९९३ मा नेपालले फुटबलमा निकै फड्को मारेको थियो । सन् १९९३ मा नेपाल फिफाले सार्वजानिक गरेको फिफा बर्यतामा १२४ औं स्थानमा रहेको थियो । यो नेपालको अहिलेसम्मकै ठुलो फुटबल उपलब्धि हो । यो उपलब्धिलाई नेपाली फुटबलले वर्तमान समयसम्म कायम राख्न सकेको भए नेपाल यतिबेला फिफा र्याङकिङको टप ४० भित्र पर्ने निश्चित भएको फुटबल विद्हरु बताउँछन् ।

२ पटक दक्षिण एसियाली च्याम्पियन बनेको नेपालले बङ्ग बन्धु गोल्डकप र एएपलसी सोलोरोटी कप जस्ता लिगको विजेता बनिसकेको छ । नेपाली फुटबल टिम पछिल्लो समय कमजोर बन्दै गएको छ । नेपालमा घरेलु लिग मजाले फस्टाउन नसक्दा नेपाली फुटबल पछिपरेका हो । लामो समयदेखि संचालन हुन नसकेको नेपालकै सबैभन्दा ठुलो फुटबल प्रतियोगिता ए डिभिजन लिग २०७५ सालदेखि पुन संचालनमा आएको थियो । गत संस्करणको लिग मनाङ मसर््याङदीले हात पारेको थियो भने यो वर्षको लिग चलिरहेको छ ।

उल्लेखनिय तत्वको प्रचार प्रसारको कमि , क्लबहरुले गुमाउँदै गएको दर्शकहरुको विश्वास, खेलाडीको अनियनत्रीत क्लब अनुबन्धनको विषय, लिग कमिटीद्वारा रातारात गरिने तालिका परिवर्तन, टिकटको मुल्य लगाएतको धेरै कारणहरुले गर्दा सबैभन्दा प्रतिष्ठित मानिने घरेलु लिग प्रति दर्शकहरुको रुचि दिन प्रतिदिन घट्दै गइरहेको छ । एउटा मात्र राष्ट्रिय रंगशाला भएको कारण पनि खेल खेलाउन कठिन हुन्छ । यसै पनि कहिले सरकारको कार्यक्रम त कहिले पानी परेर मात्रै पनि खेल प्रभावित हुने गरेको छ । क्लबहरु आफैमा कमजारी हुनाले पनि घरेलु लिगमा असर परेका छ ।

सम्बन्धित खवर