कार्यालयका सबै कर्मचारीको लगनशिलता र उपभोक्ताको विश्वासले वल्डलिङ्क उत्कृष्ट बनेको हो (राजन तिम्सिना)

कार्यालयका सबै कर्मचारीको लगनशिलता र उपभोक्ताको विश्वासले वल्डलिङ्क उत्कृष्ट बनेको हो (राजन तिम्सिना)

पुर्वमा इन्टरेनट के हो भन्ने समय देखि हाल सम्म ग्राहकको घर घरमा इन्टरेनट जोड्न र ग्राहक बनाउन निकै माहिर नाम हो राजन तिम्सिना । वल्डलिङ्क कम्यूनिकेशन लिमिटेड दमकका शाखा प्रवन्धक तिम्सिनाले आफ्नो कर्मलाई देशमै अब्बल बनाएका छन् ।

मोरङको पथरी शनिश्चरेका राजन तिम्सिना बिहानको झुल्के घामसंगै झापाको दमकमा देखिन्छन् । दमक र दमक शाखाबाट इन्टरनेटको क्षेत्रमा फाइवरको माध्यमबाट नै घरघरमा इन्टरनेट पुर्याउने कार्यमा अग्रणि भूमिका खेलेका तिम्सिनाले दमक शाखालाई वल्डलिङ्क १ सयभन्दा बढि शाखामध्ये उत्कृष्ठ बनाएका छन् ।

जतिखेर धेरैलाई इन्टरेनट के हो भन्ने थाहा थिएन तर उनि इन्टरनेट जडानका लागि अभिप्रेरीत गर्दै घरघर हिडे । प्रबिधिमा दक्ष कर्मचारी सहित छिटो छरितो सेवा प्रदान गर्दै आएका कारण वल्डलिङ्कको माध्यमबाट पुर्वलाई एक कदम अगाडी बढाएका तिम्सिनाको भनाई छ । तिम्सिनाले भने “ग्राहकको सन्तुष्टी, कर्मचारीको मेहेनत र धेरै अफरका कारण ग्राहक वल्डलिङ्कसंग जोडिनु भएको हो ।”

झापा र मोरङका धेरै सामाजिक संघसंस्थामा आबद्ध तिम्सिना प्रत्येक गाँउ र घरलाई इन्टरनेटसंग जोड्न चाहन्छन् । ग्राहकलाई कुनै पनि गुनासो नगर्ने गरी इन्टरनेटको सेवालालाई दुरुस्त बनाउने र सबैको पहुँचमा सहज इन्टरनेट पु¥याउने कार्यमा आफ्नो योगदान दिने सपना बोकेर हिडेका छन् । तिम्सिना गाँउका दुर्गम भेगमा पनि संघ संस्था, दाता र स्थानीय निकायसंग सहकार्य गरी इन्टरनेट पु¥याउदै ग्राहको मनमनमा वल्डलिङ्क राख्न सफल भएका छन् ।

सूचना प्रबिधी र संचारबाट कोही पनि टाढा नहोस भन्दै अगाडी बढेको वल्डलिङ्कको एक सदस्य भएकोमा गर्व गर्ने तिम्सिना सामाजिक कार्य र मनोरञ्जनको क्षेत्रमा सबैको माझ अग्रहिणी भूमिकामा वल्डलिङ्कलाई उभ्याएका छन् ।

सम्बन्धित खवर