११ महिनाको छोराको फोक्सोमा इन्फेक्सन भयो, बचाइदिन बाबुको आग्रह

११ महिनाको छोराको फोक्सोमा इन्फेक्सन भयो, बचाइदिन बाबुको आग्रह

पथरी, मोरङ पथरीशनिश्चरे ६ का नेत्र पौडेलको ११ महिने छोराको उपचारमा यतिबेला समस्या परेको छ । फोक्सोको इनफेक्सनले गर्दा हस्पिटल भर्ना भएका सन्दिप पौडेललको उपचारका लागि रकम अभाव भएपछि बाबु नेत्रले सहयोगको अपेक्षा गरेका हुन् ।

बिराटनगरको लाइफगार्ड हस्पिटलमा राखेर सन्दिपको उपचार गराइरहेको भएता पनि खर्च अभावका कारण समस्या भएको पारिवारिक श्र्रोतले जनाएको छ । आर्थिक अवस्था न्यून भएका करण छोराको उपचारका लागि निकै समस्या भएको बाबुले बताए । हाल सहगोग सङ्कलनका लागि स्थानीयहरु जुटेका छन् ।

सहयोग गर्न चाहनेहरुका लागि सिर्जना फाइनान्समा रहेको खाता नं. ०१९१०४००१४५१४८८०००००१ मा जम्मा गरिदिन पनि आग्रह गरेका छन् ।

सम्बन्धित खवर