देशका नेता, कार्यकर्ता सबै गद्दारी पाए पछि ! के सहयोग गर्छ विदेशले भ्रष्टाचारी पाए पछि !! (गजल)

देशका नेता, कार्यकर्ता सबै गद्दारी पाए पछि ! के सहयोग गर्छ विदेशले भ्रष्टाचारी पाए पछि !! (गजल)

गजल
***
देशका नेता, कार्यकर्ता सबै गद्दारी पाए पछि !
के सहयोग गर्छ विदेशले भ्रष्टाचारी पाए पछि !!

भन्छौ जितेर गएको नेता फर्केर आएन गाउँमा !
मुसो पनि त बस्दैन दुल्होमा, भकारी पाए पछि !!

भो नसम्झाउ मलाई धन भन्दा माया ठुलो भनेर !
छोरो त घरज्वाई बस्छु भन्छ घरबारी पाए पछि !!

बेकार आए जस्तो लाग्छ, परदेशीलाई परदेशमा !
हातले बेल्चा अनि टाउकोले, तगारी पाए पछि !!

नगद दश रुपैयाँको पनि, चिया पिउन नसक्नेले !
दोकानै उठाउँला झैँ गर्छ हजुर उधारी पाए पछि !!

कुदाउनु कुदाईयो गाँठे लेटांगको उकालोमा रिक्शा !
भन्छन् कानेपोखरीका मजदुर, सफारी पाए पछि !!

रचना ः पूर्ण दाहाल ‘बाबा’

सम्बन्धित खवर