उर्लाबारीका वडा कार्यालयको समेत काम ठप्प, संविधान अनुसार काम गर्दापनि मुद्धा हालेको नगर प्रमुखको भनाइ

उर्लाबारीका वडा कार्यालयको समेत काम ठप्प, संविधान अनुसार काम गर्दापनि मुद्धा हालेको नगर प्रमुखको भनाइ

पथरी, निर्वाचन भएको २ वर्षमा नै स्थानीय तहमा जनप्रतिनिधि विचमा टसल देखिएको छ । पछिल्लो समय जनप्रतिनिधिकै कारण मोरङको उर्लाबारीमा नगर देखि वडा कार्यालय सम्मको काम कार्वाही नगर्न उच्च अदालत मोरङको उत्प्रेषण आदेश जारी भएको छ । संविधानतः काम गर्दा पनि नगरलाई नै मुद्धा हालेको नगर प्रमुख खड्ग फागोले बताएका छन् ।

२०७६ असार २९ गते सम्पन्न चौथो नगर सभाले पास गरेका कुनैपनि निर्णयलाई तत्काल कार्यान्वयन नगर्न उच्च अदालतले २०७६ साउन २७ गते उत्प्रेषण आदेश जारी गरेपछि वडाका सम्पूर्ण काम ठप्प भएको नगर प्रमख फागोले बताए । मंगलबार आफ्नै कार्यकक्षमा पत्रकार सम्मेलन गरेका मेयर फागोले भने “आफुले नगरको विकासका लागि निरन्तर लागि रहेका बेलामा उपप्रमुखको नेतृत्वमा केही जनप्रतिनिधिहरुले अदालतमा मुद्धा सम्म हालेर जनताको कामलाई प्रभावित बनाउने काम भयो । सबैकुरा संविधान र स्थानीय संचालन ऐनमा रहेर काम गरेको छु । खै के आधारमा मुद्धा मामिला गर्नुभयो थाहा छैन् । सम्मानित उच्च अदालतको निर्णयका बारेमा छिट्टै नै कानुन विदसंग सल्लाह गरेर अदालतसंग समन्वय गर्ने छु ।”

अदालतको निर्णयलाई पालना गर्नका लागि नगरले सम्पूर्ण वडा कार्यालयहरुलाई पत्र पठाएर तत्काल काम नगर्न भनेको छ । जनताले तिरको करबाट हुने विकास र जनताले पाउने सुविधामा यसरी बाधा आउँदा जनप्रतिनिधि प्रति जनताको निरासा चुलिएको छ । पाटिगत र गुटगत व्यवहार नगरमा देखिन थालेपछि हरेक स्थानीय तहहरुमा विवाद देखिन थालेका छन् । उर्लाबारीको भने विवाद सतहमा नै देखिएपछि अदालत सम्म पुगेको हो । आश्चर्यको कुरा त के भने नगरप्रमुखको अध्यक्षतामा उपप्रमुख आफैले पेश गरेको बजेट, नीति तथा कार्यक्रमका विरुद्धमा आफै अदालतमा मुद्दा हाल्न पुगेकी छन् । यदी असहती नै भएको भए नगरसभामा नीति कार्यक्रम नै पेश नगरेको भए राम्रो हुने तर्क प्रमुख फागोको रहेको छ ।

यसैबिच नगर उपप्रमुख लक्ष्मी देवी भण्डारीले नगर प्रमुखले हरेक कामहरु एलौटी, मनोमानी ढंगले गर्ने गरेको आरोप लगाएकी छन् । आफुहरु नगरमा हुदाँ हुदै पनि प्रमुखले वेवास्ता गर्ने, आफ्नालाई मात्रै बोलाएर मिटिङ बैठक गर्ने गरेको आरोप भण्डारीको रहेको छ । नगरप्रमख र उपप्रमुखको टसलले आमा जनतामा ठुलो असर परिरहेको छ ।

सम्बन्धित खवर