अपाङ्गता भएकालाई नगरले दिन थाल्यो परिचय–पत्र

अपाङ्गता भएकालाई नगरले दिन थाल्यो परिचय–पत्र

पथरी, अपाङ्गताभएका व्यक्तिहरुका लागि मोरङको पथरीशनिश्चरे नगरपालिका कार्यालयले पहिलो पटक मंगलबार देखि नगरबाट परिचयपत्र वितरण गर्न थालेको छ ।

नगर प्रमुख दिलिपकुमार राई र उपप्रमख एवम् अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समिति संयोजक यमुना विष्ट वास्तोलाले औपचारिक रुपमा आज परिचयपत्र वितरण गर्नुभएको छ । अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समितिमार्फत पहिलो दिन पूर्ण अशक्त (रातो कार्ड) ५ जनाले, अशक्त (नीलो कार्ड) ७ जनाले, मध्यम (पहेंलो कार्ड) ८ जनाले र सामान्य (सेतो कार्ड) १४ जनाले प्राप्त गरेका छन् । बाँकी रहनेहरुका लागि महिनाको अन्तिम सोमबार परिचयपत्र वितरणको समय तय गरिएको ।

अपाङ्गता परिचयपत्र स्थानीय समन्वय समितिमार्फत नगरबाटै परिचयपत्र वितरणको काम अघि बढाउन वडा वडाबाट अपाङ्गताको पहिचानको निवेदन संकलन गर्ने काम भइरहेको छ । यस अघि जिल्लाको महिला तथा बालबालिका कार्यालयबाट वितरण हुने अपाङ्गताको परिचयपत्र नगरपालिकाले पहिलो पटक वितरण गरेको हो ।


सम्बन्धित खवर