पथरी, अत्याधिक गर्मीको कारण देखाउँदै मोरङको पथरीशनिश्चरे नगरपालिकाले दिएको विद्यालय छुुट्टीको सूचना कार्यान्वयन नहुने भएको छ । साउन २७ गतेको कार्यपालिका बैठकले नगरमा संचालनमा रहेका संस्थागत र सामुदायिक सम्पूर्ण विद्यालयलाई साउन ३० गते सम्म विदा दिने निर्णय गरेको थियो ।
नगरमा भएका संस्थागत विद्यालयहरुको छाता संगठन प्याब्सन नगर समिति, सामुदायिक विद्यालयहरु कसैसंग पनि समन्वय नै नगरी नगरले विदा दिने निर्णय गरेको भन्दै सामाजिक संजालमा समेत चर्को विरोध भएको छ । नगरले समन्वय पनि नगरि सूचना जारी गरेको र मंगलबारको मौषम पनि विद्यालयका लागि अनुकुल नै भएकाले सबै संस्थागत विद्यालय खुल्ला रहने प्याब्सन नगर अध्यक्ष उपेन्द्र कंडेलले जानकारी दिनुभयो । कंडेलले भन्नुभयो “नगरले समन्वय नगरी सूचना जारी ग¥यो, यसो हुँदा अलिक परिपक्व निर्णय नगरेको भान हामीलाई भएको छ । आजको मौषम अनुकुल नै सबै संस्थागत विद्यालय खुल्ला रहन्छन् । हामी नगरको सूचनाको विरोध पनि गर्दैनौँ र त्यो सूचना कार्यान्वयन पनि गर्दैनौँ”
यता सामुदायिक विद्यालयहरु भने विदाहुने भएका छन् । नगरले विद्यालयहरुसंग समन्वय नगरेको र सबै विद्यालयमा सूचना पाठाएका कारण मंगलबार विद्यालय लागाउन नसकिने शिक्षक महासंग नगर अध्यक्ष तथा पञ्चायत माविमा प्रधानध्यापक अर्जुन कुमार बुढाथोकीले बताउनुभयो । बुढाथाकेीले भन्नुभयो “हामीसंग चैँ समन्वय भएन, नगर कार्यपालिका बैठकले छुट्टी दिने निर्णय गरेछ । अब आज सबै विद्यालयमा छुट्टीको सूचना पुगिसकेको छ अब बुधबार देखि चैँ हामी निरन्तर विद्यालय लगाउने छौँ । हिजोको मौषम जस्तो थियो आज सुधार पनि भएको छ ।”
नगरले यसरी गर्ने निर्णयमा सरोकारवालसंग अनिवार्य समन्वय गर्नुपर्ने धारणाहरु आइरहेका छन् । अझ यसको विकल्पमा सबै विद्यालयहरु वातानुकुलित बनाएर शिक्षण गर्नुपर्ने भनाइहरु समेत सामाजिक संजालमा आएको पाइन्छ । स्थानीय सरकारले विद्यालयमा विधुत सेवा र आवश्यक फेन, एसी, जाडोको लागि हिटर जस्ता कुराको व्यवस्थापन गरि निरन्तर अध्ययनको वातावरण मिलाउन सक्नुपर्ने चुनौती थपिएको छ ।