साउन महिना भगवान् शिवलाई मनपर्ने महिना, सोमबार मनपर्ने दिन, साउनका सोमबारभरि चोखो व्रत बस्ने खाने चलन

साउन महिना भगवान् शिवलाई मनपर्ने महिना, सोमबार मनपर्ने दिन, साउनका सोमबारभरि चोखो व्रत बस्ने खाने चलन

अर्पणा के.शी, पथरी

साउन महिना भगवान् शिवलाई मनपर्ने महिना, सोमबार मनपर्ने दिन, यही अवसर पारेर महादेवका उपासकहरू उनको आराधनामा तल्लीन हुन्छन्। साउनका सोमबारभरि चोखो बसी व्रत बस्ने तथा चोखो खाने चलन छ। साधारणतया अरू पूजाजस्तै रातो सौभाग्यजनक पहिरन एवं प्रसाधनहरू लगाएर पूजा गर्ने चलन थियो तर अहिले यो बढी फेसनेबल भएको देखिन्छ।

हिन्दू धर्म आफै पनि प्रकृतिप्रेमी धर्म र महादेव पनि प्रकृतिमै बस्ने भएकाले पनि साउने सोमबारमा हरिया, राता सौभाग्यका प्रसाधन लगाइन्छ। केही समययता साउनभरि हरियो, पहेंलो, रातो रंगका पहिरन, चुरा, पोते, नेलपोलिस, मेहन्दी जस्ता सोह्रशृंगारमा सजिएर उपासना गर्ने चलन बढेको छ।

यतिबेला महिलाहरू मठ मन्दिर, बाटो, अफिस, घर सबैतिर हरियो रंगमा सजिएका देख्न सकिन्छ। साउनका लागि भनेर पहिरन किन्ने बनाउने तथा आफन्त साथीभाइहरु बीच सौभाग्यका सामग्रीहरू आदान प्रदान गर्ने चलन पनि बढ्दै गएको छ।

हातभरी चुरा, हत्केलामा मेहेन्दी र हरियो पोते असारको अन्त्य लगत्तै साउन महिनाको सुरुवात हुन्छ । हरेक वर्ष आउने साउन महिना हिजोआज महिलाहरुका लागि विशेष चाड बन्न थालेको छ । साउन महिनालाई धार्मिक, सांस्कृतिक र प्राकृतिक दृष्टिकोणले पनि महत्वपूर्ण मानिन्छ ।

सूर्य मिथुनबाट कर्कट राशीमा प्रवेश गरेसँगै साउन महिना सुरु भएको छ । यस महिना हिन्दू धर्मावलम्बी महिलाहरु हातमा म्हेन्दी तथा हरियो चुरा लगाउँछन् । भगवान शिवको प्रिय बार सोमबारमा व्रत बसेर हरियो र रातो पहिरनका साथै म्हेन्दी, चुरा, पोते लगाएमा भगवान खुसी हुने जनविश्वास छ ।

विवाहित महिलाहरुले पतिको दिर्घायू हुने विश्वासमा पनि परम्परादेखि नै साउन महिना विशेष रुपमा शिवको महिमा गाएर मनाइन्छ । अविवाहित युवतीहरु पनि योग्य वर प्राप्तिका लागि म्हेन्दी लगाइ महिनाका सबै सोमबार व्रत बस्छन् । हिन्दु धार्मिक ग्रन्थमा शिवले विष सेवन गरेको बेलामा शितल हुने जनविश्वास रहेको कल्पना बरालले बताउनु हुन्छ । साउनको महिनामा शिवलाई मान्ने पर्वको रुपमा धर्म शास्त्रले लिने गरेको हुदाँ शिवको मठ मन्दीरमा बढी मात्रामा भएकोले परापुर्व कालबाट नै मान्दै आएको वुद्धिजिवि प्रशुराम कार्कीले बताउनु भयो ।

अरु महिनामा भन्दा साउन महिनामा राम्रो व्यापार भएको हुदा व्यापारीहरु हर्षीत पनि भएका छन् । चुरा लगाउदा एउटा दुई वटा फुट्यो भने शिव खुशी भएर चिताएको कुरा पुग्छ भन्ने धार्मिक विश्वास रहेको स्थानीय व्यापारीहरुले बताउने गरेका छन् ।
कुनै धार्मिक ग्रन्थमा हरियो चुरा लगाउनु पर्ने नभएको र सोमबार जल चढाएर चिताएको कुरा पुग्ने जनविश्वासमा शिवको लागि पहेलो वस्त्र लगाउने मान्यता रहेको नगर उपप्रमुख यामुना विष्ट बास्तोला बताउनु भयो ।

साउन महिना शिवजीको अति महत्वपुर्ण महिना भएकोले शिवजीको दर्शनार्थीको लागि पहेलो वस्त्रमा सोमबारको दिन जलासयबाट जल ल्याएर चढाउँदा पुण्य मिल्ने भनाई रहेको स्थानीय पुरोहित होमनाथ काफ्लेले बताउनु भयो । हिन्दू किंवदन्ती अनुसार साउनमा माता पार्वतीले पति महादेवलाई खुसी बनाई सौभाग्य प्राप्त गर्न हरिया चुरा, पोते र हातमा मेहन्दी लगाएकी थिइन् र महादेवबाट सौभाग्य पाइन् भन्ने जनविश्वास रहेको छ ।

यो महिनालाई विशेषत महिलाहरुले विशेष बनाएका छन् । महिनाभरीमा हातभरी मेहेन्दी, हरियो चुरा, हरियो बस्त्रले सजिएका किशोरी, युवती र प्रौढहरुलाई देख्दा हिन्दु संस्कृति, संस्कार र विश्वास अझ गाढा हुँदै गएको जस्तो भान हुने गर्दछ । विवाहित महिलाको लागि चुरा, पोते र टिकाको महत्व अझ बढी नै रहेको छ । अहिले साउन भन्नासाथ हरियो रंगको पर्व बन्न थालेको पाईन्छ ।

सम्बन्धित खवर

%d bloggers like this:
%d bloggers like this: