पथरी / मोरङको पथरी शनिश्चरे नगरपालिका वडा नं. १ को एभरेस्ट अङ्ग्रेजी बोर्डिङ स्कुल र पथरी शनिश्चरे बुद्धिचाल सङ्घबिच सम्झौता भएको छ।
शनिबार विद्यालय परिसरमा विद्यालयका तर्फबाट निर्देशक रविन कन्दङ्वा र सङ्घकाे तर्फबाट अध्यक्ष रोहित सुब्बाबिच ४ बुँदे सम्झौता पत्रमा हस्ताक्षर गर्दै सम्झौता भएको हो ।
हरेक वर्षको कात्तिक २६ गते सङ्घले उद्धघाटन वा समापन गर्ने, पथरी शनिश्चरे नगरस्तरीय चेस च्याम्पियनसिप सञ्चालन गर्ने भएको छ भने उता एभरेस्ट बोडिङ स्कुलले ५० हजार पुरस्कार राशि र थप १० हजार खाजा खर्चको लागि प्रदान गर्ने सम्झौता भएको छ ।
उक्त प्रतियोगिता सुशीला कन्दङ्वा मेमोरियल पथरी शनिश्चरे चेस च्याम्पियनसिप नाम दिइँदै सञ्चालन गरिने सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।







