पथरी / मोरङको पथरी शनिश्चरे २ मा स्थापित लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लि. (साकाेस) को २३ औं वार्षिक सधरणसभाबाट नयाँ नेतृत्व सर्वसम्मत चयन भएको छ ।
दोर्णबहादुर खड्काको अध्यक्षतामा कुमारी शाही उपाध्यक्ष, प्रतिमान राई सचिवम, बालकुमारी तामाङ सह–सचिव र योगेन्द्र भण्डारी कोषाध्यक्षमा निर्वाचित हुनुभएको हो । यसै गरी सदस्य पदमा पवित्रा चौलागाईं, भीमप्रसाद भेटवाल, कृष्णप्रसाद निरौला र रिना राई निर्वाचित भएको निर्वाचन मण्डलका संयोजक शरदचन्द्र दाहालले जानकारी दिनुभयो । संस्थाकाे लेखा समिति संयोजक पदमा निवर्तमान उपाध्यक्ष भोजराज चौहान र सदस्य पदमा रविनकुमार राई र मिना तामाङ सर्वसम्मत निर्वाचित हुनुभएको निर्वाचन मण्डलको सदस्य सचिव तथा सोही संस्थाको व्यवस्थाक गणेशकुमार राईले बताउनुभयो ।
नव निर्वाचित समितिका पदाधिकारी, सदस्य र लेखा तथा सुपरिवेक्षण समितिमा निर्वाचित सबैलाई शपथ ग्रहणको कार्यक्रम समेत सम्पन्न भयो ।
असोज २६ गते नै निर्वाचन मण्डलले निर्वाचित समितिको अन्तिम नामावली प्रकाशन गरेको थियो ।







