तिमि राजधानी लैजाउ

तिमि राजधानी लैजाउ

रविन सापकोटा
केराबारी, मोरङ

तिमि राजधानी लैजाउ (कविता)

नहर र ड्याम बनाई तिमि पानि लैजाऊ
रुख बिरुवा काट अनि फर्निचर बनाऊ
चुरेलाई ध्वस्त पार क्रसर बनाऊ 
मलाई पेट भरीने आहारा देऊ
तिमि राजधानी लैजाऊ |

साना साना बालाले पढ्ने तिमि पुस्तक पुर्याऊ
बिरामीको आन्द्रामा सिटामोलको तिमि गोलि पुर्याऊ
आङ छोप्ने कपडा भए पुग्छ हामीलाई
फ्याक्ट्री खोल पैसा कमाऊ
राजधानी पुर्याऊ
मलाई पेट भरिने आहारा देऊ
तिमि राजधानी लैजाऊ |

गाउँलाई एक्लो पार, तिमि मानिस लैजाउ
तिम्रा स्कुलमा बिधार्थी तान्न तिमि गाडी पठाऊ
धेरै पैसा लिएर आधुनिक कम्प्युटर सिकाऊ
हाम्रो सानो बिद्यालयलाई तिमि खण्डर बनाऊ
मलाई पेट भरिने आहारा देउ
तिमि राजधानी लैजाऊ
तिमि राजधानी लैजाऊ |

सम्बन्धित खवर