नदीले बगाएर बेपत्ता चर्मकार मृत फेला

नदीले बगाएर बेपत्ता चर्मकार मृत फेला

खोटाङ, खोटाङको ऐसेलुखर्क गाउँपालिका–४ दुधकोशी नदीमा पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका भरत चर्मकारको शव फेला परेको छ । थुलुङ दुधकोशी गाउँपालिका–४ बस्ने बर्ष २५ का चर्मकार सोमवार दिउँसो पौडी खेल्ने क्रममा नदीले बगाएर बेपत्ता भएका थिए ।

नदीले बगाएर बेपत्ता भएका चर्मकारलाई प्रहरी र स्थानीयवासीले खोजतलास गर्ने क्रममा मंलबार बिहान १० बजे थुलुङ दुधकोशी गाउँपालिका ३ मैङखु बेँसीको दुधकोशी नदीमा मृत अवस्थामा फेला पारेको थियो । घटनास्थलमा जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुसंग समन्वय गरी कानूनी प्रकृया पश्चात शव पोष्टमार्टमको लागि जिल्ला अस्पताल सोलुखुम्बु पठाईएको उक्त कार्यालयले जनाएको छ ।

सम्बन्धित खवर