पथरीमा नगरस्तरिय फुटवल प्रतियोगीता हुने

पथरीमा नगरस्तरिय फुटवल प्रतियोगीता हुने

पथरी
मोरङ्गको पथरीमा वैशाक २ देखी नगरस्तरिय खुल्ला फुटवल प्रतियोगीता हुने भएको छ । यलम्वर युवा क्लवको आयोजनामा हुने प्रतियोगीतामा पथरीशनिश्चरे नगर भरिका ८ फुटवल क्लवको सहभागीता रहने भएको छ । फुटवल प्रतियोगीताको वारेमा शनिवार पथरीमा पत्रकार सम्मेलन आयोजना गरेर सो वारे जानकारी दिएको हो । पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार प्रतियोगीताको विजेताले २०हजार १सय ११ रुपयाँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन भने उपविजेताले १०हजार १सय ११ रुपयाँ ट्रफि र प्रमाणपत्र प्राप्त गर्ने छन् ।
प्रतियोगीताको विधागत रुपमा समेत खेलाडीलाई पुरस्कार प्रदान गरिने आयोजकले जनाएको छ । उत्कृष्ट किपर,उत्कृष्ट डिफेन्स,उत्कृष्ट फर्डवड ,उदायमान खेलाडी र सर्वकृष्ट खेलाडी लाई नगद १हजार ५सय रुपयाँ प्रदान गरिने भएको छ । प्रत्येक खेलमा म्यानअफ दि म्याच समेत प्रदान गरिने छ । फाइनल खेलका दिन नेपाली राष्ट्रिय टिममा सहभागी पथरी नगरका तिन खेलाडीलाई सम्मान गरिने भएको छ । पुर्व राष्ट्रिय खेलाडी दिपक राई,महिला फुटवलका राष्ट्रिय खेलाडी द्धय दिपा न्यौपाने र सरु सुव्वालाई समेत सम्मान गरिने भएको छ ।

सम्बन्धित खवर