पाँचथर गोल्डकप चैत २३ देखि, १० टिम सहभागी हुने

पाँचथर गोल्डकप चैत २३ देखि, १० टिम सहभागी हुने

पाँचथरको फिदिममा यही चैत २३ गतेदेखि पाँचथर गोल्डकप आयोजना हुने भएको छ । आयोजक पाँचथर क्लबले चैत २३ गतेदेखि सुरु हुने तेस्रो पाँचथर गोल्डकपको खेल तालिका सार्वजनिक गरेको छ ।

प्रतियोगितामा २ वटा विभागीय सहित १० टिम सहभागी हुनेछन् । हिमालयन शेर्पा, न्यू स्टार क्लब सुनसरी, दार्जि्लिङ युनाइटेड, विर्तामोड युनाइटेड, रेडहर्स इलाम, विजय युथ क्लब हेटौंडा, जावलाखेल युथ क्लब ललितपुर आयोजक पाँचथर क्लब र मिसन युनाइटेड रहेको आयोजकले जनाएको छ । फिदिम माध्यामिक विद्यालयको खेल मैदानमा हुने प्रतियोगिताका विजेता टिमले नगद ४ लाख र उपविजेताले २ लाख रुपैयाँ पुरस्कार प्राप्त गर्नेछ ।

आयोजकले यो वर्ष विदेशी खेलाडी नखेलाउने भएको छ । प्रतियोगितामा भाग लिन लागि जिल्लाका उत्कृष्ट टिमबाट छानिएका खेलाडीहरुलाई बन्द प्रशिक्षणमा राखिएको छ । बैशाख २ गतेसम्म चल्ने प्रतियोगितामा प्रत्येक दिनका उत्कृष्ट खेलाडीले नगद ५ हजारका दरले पुरस्कार पाउने छन् भने विभिन्न विधाका उत्कृष्ट खेलाडीलाई १० हजार रुपैयाँका दरले पुरस्कार दिइने आयोजकले जनाएको छ । आइतबार फिदिममा पत्रकार सम्मेलन गर्दै आयोजकले प्रतियोगिताको तयारी तीब्र रुपमा भइरहेको जानकारी गराएको हो । चौधरी गु्रपको प्रायोजनमा हुने प्रतियोगिताको कुल लागत ४३ लाख रुपैयाँ अनुमान गरिएको आयोजक पाँचथर क्लबका सचिव योगराज सेढाँईले जानकारी दिए ।

सम्बन्धित खवर