मानिस र मुसाको सम्बन्ध कति पुरानो ?

मानिस र मुसाको सम्बन्ध कति पुरानो ?

वैज्ञानिकहरूद्वारा गरिएको एक सर्बेक्षण अनुसार मानिस र मुसाको सम्बन्ध सोचेभन्दा पनि पुरानो भएको तथ्य फेला परेको छ । सो सर्बेक्षणबाट प्राप्त गरिएको अवशेष अनुसन्धानले मुसाहरू १५ हजार वर्ष अघिदेखि मानिसहरुसँग रहिआएको बताइएको छ ।

समाज कृषि युगमा प्रवेश गरेपछि नै मुसा मानिसहरूको नजिक भएको हुनसक्ने बताइएको हो । अन्नको भण्डार रहेको त्यसताका मुसाहरू मानिसहरूको घरमै बसेर उध्धुम मच्चाउने गरेको बताइएको छ । फ्रान्सको राजधानी पेरिसमा रहेको नेसनल डि हिस्टोरे न्याचुरल्ले म्युजियमका बैज्ञानिकले दक्षिणी लेभान्टेमा भेट्टाएको मुसाकोे दाँतको अध्ययन गर्दा सो प्रतिवेदन आएको हो ।

पूर्वी भूमध्यरेखीय सागर क्षेत्रमा मुसाहरुको ज्यादा बाहुल्यता रहेको बताइएको उक्त प्रतिवेदनमा बिरालो र कुकुरको अस्तित्व अगावै मुसाको अस्तित्व रहेको समेत दाबी गरेका छन् ।
एजेन्सीको सहयोगमा

सम्बन्धित खवर