साउनबाट सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

साउनबाट सामाजिक सुरक्षा भत्ता बढाउने प्रधानमन्त्री ओलीको घोषणा

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आगामी आर्थिक वर्ष २०७८/०७९ को बजेटमार्फत वृद्धभत्ता बढाउने बताउनुभएको छ । उहाँले आगामी साउन १ गतेदेखि सामाजिक सुरक्षा शीर्षकका सबै खाले भत्ता बढाउने घोषणा गर्नुभएको हो ।

रिपोर्टस क्लबको वार्षिकोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले साउन १ गतेदेखि वृद्धभत्ता सहितका सबै सामाजिक सुरक्षा भत्ता बढाउने घोषणा गर्नुभएको हो ।

साउन १ बाट वृद्धभत्ता बढ्ने बताउँदै ओलीले भन्नुभयो,‘सामाजिक सुरक्षा भत्ता साउन १ गतेबाट बढ्छ । यो सुन्दा मान्छेहरूलाई छट्पटी होला । कसैलाई आपत्ति लाग्छ भने लागोस् । कसैलाई निद्रा लाग्दैन भने नलागोस् ।’

सम्बन्धित खवर