आरन ठेकी बनाउने तालिमसहितकाे अनुदान कार्यक्रम

आरन ठेकी बनाउने तालिमसहितकाे अनुदान कार्यक्रम
पथरी/ माेरङकाे पथरी शनिश्चरे नगरपालिका वडा नं. ८ मा आरन ठेकी बनाउने तालिम तथा ठेकी उद्योग अनुदान कार्यक्रम सम्पन्न भएको छ ।
आज वडा नं. ८ को सभाहलमा आरन तथा ठेकी उद्योग अनुदान कार्यक्रम गरिएको हो ।
वडाध्यक्ष नवीन कार्कीको अध्यक्षतामा हिजाे भएको सो कार्यक्रममा ठेकी तोङ्बाको भाडालगायत काठजन्य सामाग्री बनाउने ७ जना युवा उद्यमीलाइ काठ दुलो पार्ने मोटर र आरन सञ्चालन गर्ने युवा उद्यमीलाई आगो फुक्ने विद्युतीय मेसिन र हतियार धार लगाउने विद्युतीय मेसिन वितरण गरिएको छ ।
कार्यक्रमका प्रमुख अतिथि नगर प्रमुख मोहनप्रसाद तुम्वापो रहनुभएको थियो । वडा सचिव बालकृष्ण राईले सञ्चालन गर्नुभएको सो कार्यक्रममा वडा सदस्यहरूको उपस्थिति रहेको थियो ।
गत वर्ष पनि वडाले आरन संरक्षण कार्यक्रमअन्तर्गत वडाभित्रका परम्परागत अरू आरनहरुलाई आगो फुक्ने विद्युतीय मेसिन लगायतको सामाग्री वितरण गरेको थियो ।

सम्बन्धित खवर