लेखनाथका युवा व्यवसायी छत्रधर आत्रेय महासंघको केन्द्रीय सदस्यमा उम्मेदवार

लेखनाथका युवा व्यवसायी छत्रधर आत्रेय महासंघको केन्द्रीय सदस्यमा उम्मेदवार

लेखनाथ उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष तथा युवा व्यवसायी छत्रधर आत्रेय ले नेपाल उद्योग वाणिज्य महासंघ को केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी दर्ता गराएका छन्।

महासंघको चैत २९ र ३० गते काठमाडौंमा हुने ६०औँ वार्षिक साधारण सभा तथा निर्वाचनका लागि आत्रेयले जिल्ला–नगर खुला तर्फको कार्यकारिणी सदस्य पदमा अनलाइनमार्फत उम्मेदवारी दिएका हुन्।

लेखनाथ उद्योग वाणिज्य संघको अध्यक्ष पद सम्हाल्दा व्यवसायिक हक–हितका मुद्दामा सक्रिय भूमिका निर्वाह गर्दै आएका आत्रेय यसअघि पनि केन्द्रीय सदस्य पदमा प्रतिस्पर्धा गरेका थिए। गत वर्ष प्राविधिक कारणले सफलता हात पार्न नसके पनि यसपटक भने आफ्नो जितको सम्भावना बलियो रहेको उनले बताएका छन्।

यसअघि लेखनाथ उद्योग वाणिज्य संघको तर्फबाट चन्द्रकृष्ण कर्माचार्य र बाबुराम गिरी केन्द्रीय सदस्य भइसकेका छन्। साथै, यस वर्ष पोखराका अञ्जन श्रेष्ठ ले विधानअनुसार महासंघको अध्यक्ष पद सम्हाल्ने भएकाले आत्रेयको जितको सम्भावना थप मजबुत भएको आकलन गरिएको छ।

गत वर्ष जिल्ला–नगर खुला सदस्यतर्फ १८ जना निर्वाचित हुने व्यवस्था रहेकामा यस वर्ष भने १५ जनामात्र निर्वाचित हुने प्रावधान रहेको छ।

सम्बन्धित खवर