यसरी विश्वभर भाइरल भयो बालुवा निकाल्दै गरेको डोजरको तस्बिर

यसरी विश्वभर भाइरल भयो बालुवा निकाल्दै गरेको डोजरको तस्बिर

अहिले विश्वभर सामाजिक संजालमा एउटा तस्वीर भाइरल हुँदै गएको छ । बडेमानको जहाजको छेउमा बालुवा निकाल्दै गरेको डोजरको तस्वीर सामाजिक संजालमा छाएको हो ।

गत मंगलबारदेखि भूमध्यसागर र रेड सीलाई जोड्ने स्वेज नहरमा आवातजावत बन्द छ। एभर गिभन नामको बडेमानको जहाज फसेकाले युरोप र एसिया जोड्ने यो नहरमा आउजाउ बन्द भएको हो । आउजाउ बन्द भएसंगै उक्त नहरबाट हुने दैनिक झन्डै १० अर्ब डलर बराबरको व्यापार रोकिएको छ। यही नहरबाट विश्वव्यापारको १२ प्रतिशत व्यापार हुने गरेको थियो।

फसेको पानीजहाज तत्काल निकाल्न नसके धेरै देशमा पेट्रोलियम पदार्थ सहित अन्य वस्तुको भाउ बढ्न सक्नेछ। किनकी नहरमा जहाज हिँड्न नसकेपछि दुबैतिर पानीजहाजले दक्षिण अफ्रिका हुँदै सामान ओसार्नु पर्ने छ। त्यसो गर्दा एका तिर दूरी बढ्नेछ र अर्का तिर समय धेरै लाग्नेछ। इजिप्टका अधिकारीहरूले नेदरल्यान्ड र जापानका विज्ञहरू ल्याएर फसेको जहाज निकाल्न खोजिरहेका छन् तर सफलता हात परेको छैन्।

सोही स्थानको डोजरले बडेमानको पानीजहाज फसेको ठाउँबाट बालुवा निकाल्दै गरेको तस्बिर अहिले संसारभरि भाइरल भइरहेको छ । सामाजिक सञ्जाल प्रयोग कर्ताले बडेमानको जहाजका अगाडि एउटा फुच्चे डोजरले काम गरिरहेको तस्बिरलाई प्रयोग गरेर मिम बनाएर सेयर गरिरहेका छन्।

सम्बन्धित खवर