आईपीएलमा सन्दीप अनसोल्ड !

आईपीएलमा सन्दीप अनसोल्ड !

नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछाने भारतको चर्चित फ्रेन्चाईज इन्डियन प्रिमियर लिग (आईपीएल) टी-ट्वान्टी क्रिकेटको अक्सनमा अनसोल्ड भएका छन् ।

चेन्नईमा जारी आईपीएलको अक्सनमा सन्दीप अनसोल्ड भएका हुन् । नेपाली क्रिकेटका ग्लोबल आइकन सन्दीपलाई कुनैपनि टिमले बोलि लगाएनन् ।

अक्सनमा सन्दीपको न्युनतम मूल्य ४० लाख भारु रहेको थियो ।

सन्दीपले यस अघि तीन सिजन दिल्ली क्यापिटल्सबाट आईपीएल खेलेका थिए ।

तर, दिल्लीले सन्दीपलाई रिलिज गरेको थियो ।

सन्दीपले दिल्लीबाट तीन सिजनमा कुल ९ खेलमा १३ विकेट लिएका थिए ।

सम्बन्धित खवर