लर्डबुद्धको १८ औँ स्थापना दिवशका अवसरमा कीर्तिपुर सेवा केन्द्रको उद्घाटन

लर्डबुद्धको १८ औँ स्थापना दिवशका अवसरमा कीर्तिपुर सेवा केन्द्रको उद्घाटन

पथरी, मोरङको पथरी शनिश्चरे २ मा रहेको लर्डबुद्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडले आफ्नो १८ औँ स्थापना दिवशको अवसरमा कीर्तिपुर सेवा केन्द्रको उद्घाटन गरेको छ ।

आइतबार सोही नगरपालिकाको वडा नं. ४ कीर्तिपुर बजारमा सदस्य सेवाकेन्द्रको उद्घाटन गरेको हो । एक औपचारिक कार्यक्रमका बिच पथरी शनिश्चरे नगर प्रमुख दिलिप कुमार राईले सेवाकेन्द्रको उद्घाटन गर्नुभयो । प्रमुख अतिथि राईले साकोसको अझ सफलताको शुभकामना व्यक्त गर्दै सहकारीसंगको हातेमालोले मात्रै गाउँगाउँमा समृद्धि पुग्न सक्ने बताउनुभयो ।

कार्यक्रममा ज्येष्ठ सदस्यका रुपमा विष्णु कुमार श्रेष्ठ, पूर्व सञ्चालक लीला निरौला, ५ पिन्ट भन्दा बढी रक्तदान गर्ने संस्था पथरी डेक्सटप एण्ड प्रिन्टिङ हाउस, उत्कृष्ट बचत कारोबार कर्ता रेश्मी आङ्बुङ र बीरकुमार मोक्तान, बाल बचतकर्ता जस्मिन तामाङ, उत्कृष्ट ऋण कारोबार कर्ता सम्झना र बल बहादुर विश्वकर्मा सम्मानित भए । एकल सदस्य राहत मार्फत सन्जोती तामाङ, गीता लिम्बू, शर्मिला राई, शान्ति लिम्बू, मिना देवी चौधरी, कमला लिम्बू र शुस्मा धिताललाई प्रतिव्यक्ति २ हजारका दरले राहत समेत वितरण गरियो ।

नगर भित्र रहेका माध्यमिक विद्यालयहरु मध्येबाट यसवर्षको वक्तृत्वकलामा चन्द्र किराँतेश्वर मा.वि.की छात्रा सन्ध्या खड्का प्रथम, प्यागोडा ई.बोडिङ स्कुलकी छात्रा रोशिका ढकाल दित्तीय, बालनमूना ई. बोर्डिङ स्कुलकी छात्रा सीम्रन ढकाल तृतीय र न्यू प्यगोडा ई. बोर्डिङ स्कुलका छात्र युगल किशोर अधिकारी सान्तवना भए । उनिहरुले क्रमशः ३ हजार ५ सय, २ हजार ५ सय, १ हजार ५ सय र ५ सय रुपैँया पुरस्कार पाए ।

लर्डबुद्धले सेयर सदस्यहरुलाई सहजताका लागि कीर्तिपुर बजारमा सेवा केन्द्र स्थापना गरेको र सेयर सदस्यको सबै कारोबार सेवाकेन्द्रबाट हुने व्यवस्थापक गणेश बाच्छना राईले जानकारी दिनुभयो । साकोसले मनिट्रान्सफर सम्बन्धीका सम्पूर्ण सेवाहरु दिने र सो सेवा लिने सेवाग्राहीलाई मासिक २ जनाका दरले पुरस्कृत समेत गर्ने योजना रहेको राईले बताउनुभयो ।

सम्बन्धित खवर