कांग्रेसले गर्‍यो थप आन्दोलनको घोषणा

कांग्रेसले गर्‍यो थप आन्दोलनको घोषणा

नेपाली कांग्रेसले प्रतिनिधिसभा विघटनविरुद्ध थप आन्दोलन गर्ने निर्णय गरेको छ । मंगलबार सम्पन्न पार्टीको केन्द्रीय समिति बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको संसद विघटन गर्ने कदमविरूद्ध थप आन्दोलन गर्ने निर्णय गरेको हो ।

पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले १९ देखि ३० माघसम्म आन्दोलन गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । उहाँका अनुसार कांग्रेसले १९ माघमा भ्रातृ संगठन र २४ माघमा शुभेच्छुक संगठनले आन्दोलन गर्ने तय भएको छ । त्यसैगरी माघ २० गते सबै जिल्लामा प्रदर्शन गर्ने निर्णय भएको प्रवक्ता शर्माले बताउनुभयो ।

सम्बन्धित खवर