नेकपा ओली समूहको प्रेस संगठनको दोस्रो राष्ट्रिय भेला आज हुँदै

नेकपा ओली समूहको प्रेस संगठनको दोस्रो राष्ट्रिय भेला आज हुँदै

काठमाडौं : नेकपा ओली समूहका प्रेस संगठन नेपालको दोस्रो राष्ट्रिय भेला आज काठमाडौंमा हुँदैछ ।

प्रदर्शनीमार्गस्थित राष्ट्रिय सभागृहमा बिहान ११ बजेपछि हुने भेलालाई प्रधानमन्त्री केपी शर्मा ओलीसहित ६ जना मन्त्रीहरुले सम्बोधन गर्ने कार्यक्रम छ ।

सो कार्यक्रममा उपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा बादल, अर्थमन्त्री विष्णु पौडेल, उर्जामन्त्री टोपबहादुर रायमाझी, परराष्ट्र मन्त्री प्रदिप ज्ञवाली, सञ्चारमन्त्री पार्वत गुरुङ र प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापा उपस्थित हुने आयोजकले जानकारी दिएको छ ।

दुई दिनअघि प्रचण्ड–माधव समूहले राष्ट्रिय भेलाको आयोजना गरिसकेका छन् ।

सम्बन्धित खवर