लर्ड बुद्धमा आयोजित रक्तदान कार्यक्रमा ५३ पिन्ट रगत सङ्कलन

लर्ड बुद्धमा आयोजित रक्तदान कार्यक्रमा ५३ पिन्ट रगत सङ्कलन

पथरी, मोरङको पथरी शनिश्चरे–२ बुद्धचौकमा स्थापित लर्ड बुद्ध बचत तथा ऋण सहकारी संस्था लि. ले आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरेको छ ।

शनिबार संस्थाको कार्यालय अगाडि भएको रक्तदान कार्यक्रमा ५३ पिन्ट रगत सङ्कलन भएको संस्थाका व्यवस्थापक गणेश वाच्छना राईले जानकारी दिनुभयो । कार्यक्रम नेपाल रेडक्रस सोसाइटी मोरङको प्राविधिक सहयोगमा भएको हो ।

लर्डबुद्धले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गर्दै आएको छ ।

सम्बन्धित खवर