चलचित्र ‘पुरानो बुलेट’ अब डिस होममा, हेर्ने तरिका सहित

चलचित्र ‘पुरानो बुलेट’ अब डिस होममा, हेर्ने तरिका सहित

पथरी, नेपाली कथानक चलचित्र ‘पुरानो बुलेट’ डिसहोममा मंसिर २३ गतेदेखि देखाइने भएको छ । डिसहोमको च्यानल नं १०८ मा घरमै बसेर परिवारको साथमा यो फिल्म हेर्न सकिनेछ ।

डिसहोमका ग्राहकले प्रति शो २२५ रुपैयाँ शुल्क बुझाउनुपर्ने हुन्छ । दिनमा तीन शो देखाइने डिस होमले जनाएको छ । यो सिनेमा तीन तरिकाबाट खुलाउन सकिन्छ : १. मोबाईलबाट साधारण SMS पठाएर विहान ८ बजेको शो हेर्नको लागि SMS Command: MOD Cas ID a दिउँसो १२ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID b दिउँसो ४ बजेको शो हेर्नको लागि SMS Command: MOD CasID c बेलुकी ८ बजेको शो हेर्नको लागि SMS Command: MOD Cas ID d नोट : Cas ID को ठाँउमा आफ्नो सेट–टप बक्सको पछाडी भएको ११ अकंको गणितीय Cas ID नम्बर राख्नुहोस् २. डिशहोम ग्राहक सेवा केन्द्रमा फोन गरेर १६६० ०१ २२००० वा ०१–४२१७६६६ ३. नजिकको डिशहोम बिक्रेतासंग सम्पर्क गरेर यो सिनेमा खुलाउनको लागि ग्राहकहरुले आफुले हेर्न चाहेको शो समय भन्दा अगाडि क्ःक् वा फोन गर्नुपर्नेछ र सेट–टप बक्समा कम्तिमा रु. २२५ ब्यालेन्स रकम हुनुपर्नेछ ।

क्रेजी इन्टरटेनमेन्ट प्रा.लि. को व्यानरमा निर्माण भएको चलचित्र ‘पुरानो बुलेट’ २०७५ चैत्र १ गते फिल्म हलहरुमा प्रदर्शन भएको थियो । कलाकारहरु अनुप विक्रम शाही, वर्षा शिवाकोटी, माला लिम्बू, शिव मुखिया लगायतको अभिनय रहेको छ । चलचित्रको निर्देशन भीषण राईको रहेको छ भने अशोक कुमार राई, विरेन साम्बा, टिकाराम राई र दिपेन लिम्बूले संयुक्त रुपमा लगानी गरेका छन् । चलचित्रलाई हरि घले लामाले खिचेका हुन् भने सन्तोष राई र भीषण राईले कथा लेखेका हुन् ।

 

सम्बन्धित खवर