राजसंस्थाको माग गर्दै प्रदर्शन

राजसंस्थाको माग गर्दै प्रदर्शन

राजसंस्थाको माग गर्दै शनिवार काठमाडौँमा र विर्तामोडमा प्रदर्शन भएको छ । ‘राष्ट्रिय नागरिक आन्दोलन समिति २०७७’को आव्हानमा राजसंस्थाको माग गर्दै प्रदर्शन भएको हो ।

जिल्ला प्रशासन कार्यालय काठमाडौंको आग्रहलाई बेवास्ता गर्दै राजावादीहरुले काठमाडौँको माइतीघरदेखि बानेश्वरसम्म प्रदर्शन गरे । माइतीघरमा भेला भएका उनीहरु जुलुससहित नयाँ बानेश्वर पुगी कोणसभामा परिणत भएका थिए । उनीहरुले पृथ्वीनारायण शाहको तस्बिर बोकेका थिए भने संघीयता एवम् धर्म निरपेक्षता खारेज गर्न र राजसंस्थाको पुनस्र्थापना गर्नुपर्ने भन्दै नारा लगाएका थिए ।

सभामा अधिवक्ता सुरेन्द्र भण्डारीले राजसंस्था स्थापना हुनुपर्ने र संघीयतासँगै धर्म निरपेक्षता खारेज हुनुपर्ने माग आफूहरुको रहेको बताए ।

जिल्ला प्रशासन कार्यालयले विरोध प्रदर्शन गर्दा कोरोनाको संक्रमण फैलिन सक्ने भन्दै धर्ना, जुलुस, प्रदर्शनलगायतका गतिविधि गर्न रोक लगाएको छ । तर पनि प्रदर्शनकारीहरुले प्रशासनको सो आग्रहलाई बेवास्ता गर्दै प्रदर्शन गरेका हुन् ।

यस्तै सोही प्रकृतिको आन्दोलन झापाको बिर्तामोडमा पनि भएको छ । इटहरी देखिका राजावादी र राजसंस्था समर्थकहरु गाडी र मोटर साइकलमा बिर्तामोड पुगेका थिए । पूर्व पश्चिम लोकमार्गमा वृहत ¥याली सहित समर्थकहरु बिर्तामोड पुगेका हुन् । पछिल्लो समय राजावादीहरुले देशभर प्रदर्शन गर्दै आएका छन् ।

सम्बन्धित खवर