प्रदेश १ मा आज ः कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, ४८१ कोरोना संक्रमित थपिए

प्रदेश १ मा आज ः कोरोना संक्रमणबाट ५ जनाको मृत्यु, ४८१ कोरोना संक्रमित थपिए

विराटनगर, कोरोना संक्रमणबाट प्रदेश १ मा पछिल्लो २४ घण्टामा थप ५ जनाको मृत्यु भएको छ । झापामा ३, मोरङ र सुनसरीमा १/१ जनाको मृत्यु भएको छ । हालसम्म मृत्यु हुनेको संख्या १२९ पुगेको छ ।

प्रदेश १ मा थप ४८१ जना कोरोना संक्रमण देखिएको छ । मोरंगमा १९५, सुनसरीमा १७०, झापामा ७२, संखुवासभामा १५, इलाममा ९, खोटाङमा ४, भोजपुरमा १ र प्रदेश १ बाहिरका १५ जना रहेको छ ।

जस अनुसार विराटनगरमा १२४ जनामा संक्रमण देखिएको छ । संक्रमण पुष्टि भएकामा ५६ महिला र ६८ पुरुष रहेका छन् । मोरंगको सुन्दरहरैँचा, उर्लाबारी र बुढीगंगामा १३/१३, बेलबारी र जहदामा ९/९, लेटाङमा ८, रतुवामाई, धनपालथान र पथरी शनिश्चरेमा १/१ र स्थानीय तह नखुलेका ३ जनाको रिपोर्ट पोजेटिभ आएको छ । सुनसरीको धरानमा १०९, इनरुवामा २९, इटहरीमा १५, रामधुनीमा ९, देवानगञ्ज र दुहवीमा २/२, बराहक्षेत्र र गढीमा १/१ र स्थानीय तह नखुलेका २ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

उता झापाको विर्तामोडमा २३, दमकमा १३, भद्रपुर र कनकाईमा ७/७, मेचीनगरमा ६, कमल गाउँपालिकमा ४, अर्जुनधारामा ३, शिवसताक्षीमा २, गौरादह र हल्दिबारीमा १/१ र स्थानीय तह नखुलेका ५, संखुवासभाको मकालुमा ८, खाँदबारीमा ३, चैनपुरमा २, सभापोखरी र स्थानीय तह नखुलेका १ जनाको रिपोर्ट पोजेटिभ आएको छ । इलामको इलाममा ६, चुलाचुलीमा ३, खोटाङको खोटेहाङ र साकेलामा १/१ र स्थानीय तह नखुलेका २, भोजपुरको षडानन्दमा १ जनाको रिपोर्ट पोजेटिभ आएको छ ।

प्रदेश १ मा कोरोना संक्रमितको संख्या १३ हजार १८३ पुगेको छ । प्रदेश १ मा आज १ हजार ४५० जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये १९९ महिला र २८२ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । हालसम्म १ लाख ४५ हजार ३८३ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

सम्बन्धित खवर