सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम

सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम

पथरी/माेरङकाे पथरी शनिश्चरे नगरपालिकामा सामुदायिक कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रम सम्पन्न भएको छ ।

पथरी शनिश्चरे नगरपालिका पशु तथा मत्स्य शाखाको आयोजनामा चैत २९ र ३० गते सो खोप कार्यक्रम सम्पन्न गरिएको हाे । नगर प्रमुख मोहनप्रसाद तुम्वापो, उपप्रमुख देवीमाया काफ्ले, वडा नं. ३ का वडाध्यक्ष विजय लिम्बूले सो खोप कार्यक्रमको प्रत्यक्ष अवलोकन गर्नुभएको थियो ।

वडा नं. ३ को नगर पशु अस्पतालमा सञ्चालन गरिएको सो कुकुर बन्ध्याकरण तथा रेबिजविरुद्धको खोप कार्यक्रमको प्राविधिक सहयोग मानव पशु तथा बाली संरक्षणका लागि युवा चितवनले गरेको हो । नगरको १० वटै वडाबाट जम्मा गरी २ सय २० वटा सामुदायिक कुकुरको बन्ध्याकरण १९ जनाको टोलीले गरेकाे नगरका पशु डा. आशिष साहले जानकारी दिनुभयो ।

सम्बन्धित खवर