बैंकका कर्मचारीमा पनि कोरोना पुष्टि

बैंकका कर्मचारीमा पनि कोरोना पुष्टि

सुनसरीको इटहरी स्थित नविल बैंक शाखामा कार्यरत एक जना कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमण देखिएका ब्यक्तिको घर विराटनगर रहेको इटहरी अस्पतालका इमरजेन्सी शाखा प्रमुख डाक्टर रामकुमार धमलाले जानकारी दिनुभयो ।

उनको केही दिन अघि स्वाव परीक्षण प्रादेशिक अस्पताल विराटनगरमा गरिएको थियो । डाक्टर धमलाका अनुसार बैंकका शाखा प्रमुखले कार्यालयमा कार्यरत कर्मचारीका कोरोना संक्रमण पुष्टि भएको भन्दै कन्ट्याक्ट ट्रेसिङको काम गरी सबै कर्मचारीको स्वाव परीक्षण गर्न अनुरोध गरेको बताउनुभयो ।

सम्बन्धित खवर